सोह्र दिने अभियानको सार्थकता : भेदभाव र महिला हिसांबीच कम भएको दुरीले तय गर्ला की ?

[sharethis-inline-buttons]
Leaderboard Banner

बबिता थापा, पी.एच.डी. विद्यार्थी, काठमाण्डौ विश्वविद्यालय
महिला हिसां विरुद्धको सोह्र दिने अभियान एउटा तरङ्गको रुपमा हरेक वर्ष नोभेम्वर २५ देखि डीसेम्वर १० सम्म विश्व भरि नै मनाइन्छ र यो क्रम नेपाल पनि केही वर्ष देखि जारी छ । जव–जव महिला हिसां विरुद्धको सोह्र दिने अभियान आउछ, समाजमा केही होला झै लाग्ने । जव सकिन्छ, ए के नै त्यस्तो उल्लेखनिय भयो झै हुने । हुन त यो हेर्ने नजरर बुझ्ने मनस्थितिको आधारमा महसुस हुने कुरा पनि हो । यो फरक,फरक व्यक्तिले नितान्त बेग्लै रुपमा महशुस गर्ने भावनाको उपज पनि हो ।

आखिर महिला हिसां नै के हो त ? हामी सवैले सरसत्ती रुपमा बझ्ने महिलालाई शारीरिक र मानसिक रुपमा दिइने यातना नै महिला हिसां हो । अझ, पहिले त शारिरीक यातना जस्तै कुटपीट, अङ्ग भङ्ग वा जलाउनेलाई मात्र महिला हिसां मानिन्थ्यो । महिलालाई मानसिक रुपमा दिइने यातना र त्यसले उनीहरुलाई गर्ने हानी नोक्सानीको चर्चा चल्न थालेको त केही वर्ष मात्र भयो । महिलालाई दिइने मानसिक यातनाको चर्चा बल्ल चल्न थालेको परिपेक्षमा यसको न्याय पाउन त अझ दशकौ कुर्नु पर्ला । तर जे होस चर्चा चल्नुनै पनि ठूलो प्राप्ति हो ।

हिसांको शरुवात महिलालाई समाजमा गरिने भेदभाव पूर्ण व्यवहारसंगै गासिएर आउछ । आफुमा भइरहेको भेदभाव महशुस पनि दिदी बहिनी पिच्छेले फरक फरक रुपमा गरिरहेका हुन्छन । कसैलाई कार्यलयबाट लखतरान परेर घर फर्किदा टी.भी. हेरेर बसेका श्रीमानलाई मीठो खान दिन पाउदा गर्व महशुस होला, धर्म गरे झै भइ मनमा शान्ति पनि होला वा श्रीमानको प्यारी हुन पाइ समाजमा इज्जत बढ्यो भने झै पनि लाग्ला । अर्का तर्फ कोहीलाई आफु यति थाकेकी छुश्रीमानले सघाइदिदा के विग्रन्थ्यो झै पनि लाग्ला । कसैलाई श्रीमानले किन्दीएको रानीहार लाउदा गर्व महशुस होला त कसैलाई आफ्नै स्त्रिधन वा कमाईले किन्न पाएको भए पनि हुने झै लाग्ला । कसैलाई श्रीमानसंग अगाडि सीटमा गाडी चढनको मज्जा बेग्लै लाग्ला, कसैलाई आफै गाडी चलाउन पाए हुन्थ्यो झै लाग्ला । यो आफु कुन परिवेश, कस्तो सामाजिक वातावरणमा हुर्किएको हो र सोचाइको स्तर के हो त्यसले तय गर्ने यथार्तता पनि हो ।

कतिपय भेदभाव हामी आफुले हुर्किएको सामाजिक परिवेशवाट पाएको संस्कार, सिकाइबाट तय हन्छ भने कतिपय कुरा सामाजिक परिवेशले त्यसलाई मलजल गरिरहेको हुन्छ । आमालाई बाले दिनरात कुटेको र आमाले त्यो सहेको देखेर हुर्किएकी छोरीले श्रीमानले कुटदा मैले पनि सहनु पर्छ, यसमा नै मेरो परिवारको हित छ भनेर सिकेकी पनि हुन सक्ला वा मैले आमा जस्तो सहेर बस्न हुन्न भनि जागृत भएकी पनि हुन सक्लिन । आमा, काकी, फुपु, माइज्यु आदिले श्रीमानलाई खाना कुरेर बसेको, गोडाको पानी खाएको, श्रीमानलाई ढोगेको, खाना अन्तिममा सवैले खाए पछि खाएको, घरका लोग्ने मान्छेले घरायसी काम नगरेको वाल्यअवस्थामा देखेकी छोरीले मैले त्यस्तो गर्दा श्रीमान र परिवार खुशि हुन्छन भनि सोच्न स्वभाविक पनि हो । यो उस्को हुर्काइको क्रममा भेदभाव सहन गर्ने सिकाइ हो ।अर्को सामाजिक माहोल वा परिवेश पनि भेदभावको जरो भइदिन्छ । एउटी श्रीमती सुत्केरी हुन स्वास्थ्यकेन्द्रमा जादा, कुरुवा बस्न हामी ज्वाइ वा छोरालाई दिदैनौ । उसलाई दुख हन्छ भनि, बुढी भएकी आमा, सासु, दिदी बहिनी, नन्द, आमाजु, फुपु कुरुवा वस्छौ, स्वास्थ्यकेन्द्रको वसाइका २ वा ३ दिन पनि उस्ले समयमा खानपान गर्न नपाउला, सुत्न नपाउला भनि हाम्रो सामाजिक परिवेशमा चिन्ता व्यक्त गरिन्छ । त्यो बाबु जस्ले श्रीमतीको प्रशव वेदना देख्न त परै जाओस कुरुवा वस्ने मौका त पाएन भने पछि, कसरी उसले पछि आमा सर छोराछोरीको हुर्काइमा योगदान वा भूमिका निभाउला वा त्यो आत्मीयता, दाहित्व कसरी महशुस गर्ला? कसरी सन्तानलाई ९ महिना गर्भमा राख्दाको अप्ठेरालाई महशुस गर्ला ? यो हेरिकन त कमसेकम धेरै विकशित मुलुकमा श्रीमतीलाई प्रशव पीडा हुदा श्रीमान संगै हने हुनाले उसको पीडा महशुस गर्न नसके पनि देखेका त हुन्छ । आमाले दुई दिन छोराछोरी छाडे, छोराछोरीको विजोग भयो भन्दै ढंका पिटछौ, बाबुले वषौ छोडेर एकल महिलाले सन्तान हुर्काउला मुखदर्शक भै ट्वा परेर हेछौ, उनका गाह्रो अप्ठेरो महशुस गर्दैनौ । वरु ताल परे श्रीमानको कमाइमा मस्ती गरेकी छे भन्न पछि पदैनौ । जानी नजानी हामीले समाजमा विभिन्न आडम्वर अनि नाता सम्वन्ध जस्तै आमा, बुबा, सास–ुससुरा, नन्द–आमाजु, दिदि, वहिनी,दाजु, भाउजु, मामा, माइज्यु, देउरानी, जेठानी, देवर, जेठाजुका आधारमा यस्ता कयौ क्रियाकलाप गरि रहेका छौ जसले महिला हिसांलाई प्रोत्साहन गरि रहेको छ ।कहिले हामी भेदभाव आफैले नगरे पनि मौन बसी भेदभाव र हिसां मुकदर्शक बनी साचिलो भएको देखाउछौ र हिसांलाई प्रोत्साहन गछौ । हामी सामाजीक प्राणी हौ र हाम्रो आनीवानी नै समाजका निति नियम तय गर्ने आधार हो । लाग्छ, हामीले कुनै हिसां गरेका छैनौ तर जानीकन वा भुलवश हामी कयौ त्यस्ता क्रियाकलापमा समलग्न पनि छौ । यस्ता कुराका चर्चा चलाउदा, नारीवादी सोच लाग्ला धेरै दिदि बहिनी तथा दाजुभाइलाई । कुनै पनि विरुवाको जरो थाहा नपाइ त्यो कति बलियो आकलन गर्न सकिदै भने झै हिसां न्यनिकरण गर्नका लागि त्यसका कारक तत्व वा जरो कुरा थाहा पाउन जरुरी हन्छ । नारीवादी सोच भनेर मान्ने दाजुभाइले पनि यस्ता जरो कुरालाई मनन गरि आफुलाई फाइदा हुने सोच जतिलाई राम्रा सोच, अनि बाकी सोच जति अति नारीवादी सोच नमानि दिनु भएको खण्डमा विस्तारै महिला हिसां घटदै जानेछ र महिलालाई आत्मसम्मानको जीन्दगी जीउन वातावरण बन्नेछ ।

हुन त महिलाको सुख र खुशि अनि भित्रि हाँसो वा पारिवारिक मेलमिलापको पर्यावाची सामाजिक संजालमा सजाइएका वा रंगिइएका फोटोहरु त अवश्य पनि गर्दैन । त्यसलेकेवल केही समय “चिज” भनि दाँत देखाउनका लगाइ खिचिएका कृतिमहासोको प्रतिनिधित्व मात्र गर्छ । वास्तविक खुशि भन्ने कुराको तय त महिलाले कति आत्मसम्मानको जीन्दगी बाचेका छन र उनीहरु आफैमा कति खुशि छन भन्ने कुराले मात्र तय गर्छ । भन्ने गरिन्छ, महिलाले शिक्षा र आर्थिक रुपमा समवृद्ध हुदै गएमा सोत भेदभाव र हिसां पनि कम हन्छ, फेरि अर्को तर्फ भनिन्छ समाजमा महिला शिक्षित, आर्थिक निर्भर भएर परिवार विग्रियो, छोडपत्र बढ्यो । यी कुराहरु एक आपसमा नै बाझिन्छ । कता कता लाग्ने महिलाले शिक्षा र आर्थिक समवृद्ध भए पनि भेदभाव वा हिसां नै सहेर वसौ, परिवार नविगारौ भन्ने सामाजिक सोच हो की । यो त कसरी सम्भव होला र खै ।

तर पनि कतिपय कुरा व्यक्ति व्यक्तिले फरक रुपमा महशुस गरे तापनि,कतिपय कुरामा सहमति हुने अवस्था पनि रहन्छ । मानसिक हिसांमा सहमतीका विन्दुहरु कम भए पनि कानुनले पनि रोक लगाएको हुनाले पनि होला शारिरीक हिसाका कुरामा समाजमा एकमत पाइन्छ । जस्तै महिलालाई कटपिट गर्न हदैन, अङ्गभङ्ग पान हदैन, जलाउन हदैन, एसिड हाल्न हदैन आदि । समयको गति संगै मानसिक हिसांको चर्चा पनि चल्ला अनि महिलाहरुले त्यसको पनि आवाज उठाउदै जालान कीनकी कतिपय महिलाहरुलाई त सामाजिक परिवेश, संस्कारले यसरी जकडेको छ की आफ माथि भएको मानसिक हिसांको भेउ वा त्यसको सुइको पनि उनीहरुले पाएका छैनन ।

त्यसैले, मनको आँखाले नदेखेको हाम्रा दिदी बहिनीको बेदना अर्काले देखाइदिदा पनि सोह्र दिने अभियान क्रमिक रुपमा सार्थक हुदै जानेछ । धेरै दिदि बहिनी, संघ संस्थाले कोशिस गर्नु भएकोछ दिलो ज्यान दिएर लाग्नु भएको छ, उहाहरु प्रति नतमस्तक हुनै पर्छ । कतिपय दाजु भाइ, दिदी बहिनीले यस्ता आँखा देखाउनकालागि गरिएका अभियान वा कोशिसलाई पोथी बास्यो, डलर बोलेको आदि भन्ने गरेको भएतापनि उहाहरुको सोचाइमा पनि क्रमिक सुधार हुने नैछ । तर जे जस्ता टिकाटिप्पणी भए पनि, मनभित्रवाटै ओतपोत भएर आएका सेवामुखि भावनालाई हामीले कदर गर्नै पर्छ । उहाहरुको पनि घरमा एउटा व्यवहार र अभियानका क्रममा अर्को व्यवहार नभैदियोस । यो अभियान सही मानेमा सार्थक भइ दियोस, ह्रदय देखि मुरीमुरी शुभकामना !

प्रकाशित : बिहिबार, मङि्सर १४, २०७४१७:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कोहलीलाई चुनौती