यो सेल्फी जीवनकै अन्तिम स्मरण बन्यो, पुरा पढ्नुहोस !

एजेन्सी, भनिन्छ मानिस जन्मेपछि मृत्यु अवश्य हुनेछ तर कसैको मृत्यु यस्तो तरिकाले हुन्छ जुन सुन्दा पनि आखा रसाउने गर्दछ । हो यस्तै भएको छ भारतको हरियाणाको यमुनानगरमा पनि । कपालमोचन मेलाको अन्तिम दिन दर्शन गरेर फर्किएका २८ जना यात्रु मध्ये ११ जना बसको छतमा बसेका थिए। मन्दिरबाट फर्किएका ११ जना मध्ये एकजनाले छतमा सवार मानिससँग सेल्फी लिएका थिए।

सेल्फी लिने व्यक्तिको नाम चरणजीत सिंह रहेको बताइएको छ। खुसीसाथ सेल्फी लिएको ८ मिनेटपछि अचानक बस दुर्घटना भएर छतमा सवार ४ जनाको मृत्यु भएको छ भने २०  जना घाइते भएको बताइएको छ । भनिन्छ मृत्यु यो दिनमा हुन्छ भनेर  निधारमा लेखिएको हुदैन। मृत्यु जत्तिबेलानी हुन्छ र यो अदृश्य पनि हो। हो यस्तै भयो बसमा सवार ४ युवकको जीवनमा पनि। यो सेल्फी लिने समयसम्म उनीहरुलाई हासीखुसी नै भएको देख्न सकिन्छ।

 

प्रकाशित : आइतबार, कार्तिक १९, २०७४१२:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

७ वर्षदेखि छोरीकै लागि चाउचाउ मात्र खाएर जीवन गुजारेका यी बाबुले भावुक हुदै यसो भने!