विश्वभरिका ४३ मानिसहरुमा मात्र पाइने सबैभन्दा दुर्लभ ब्लड ग्रुप, यस्तो छ विशेषता

एजेन्सी – तपाईलाई अहिलेसम्म A, B, AB र O ब्लड ग्रुपहरुको बारेमा मात्रै जानकारी हुन सक्छ । तर तपाई यो जानेर आश्चर्यमा पर्न सक्नु हुन्छ कि यस बाहेक अर्को एउटा ब्लड ग्रुप पनि छ । यो ब्लड ग्रुप विश्वका मात्रै ४३ मानिसहरुमा पाइन्छ । उक्त ब्लड ग्रुपको नाम ‘र्ह-नुल्ल’ हो जसलाई ‘रिसस नेगेटिव’ पनि भनिन्छ । यो ब्लड ग्रुप सबैभन्दा कम मानिसहरुमा मात्रै पउने भएकोले यसलाई ‘गोल्डन ब्लड’ पनि भनिने गरिन्छ ।

एक मानिसको शारीरमा एन्टिजनको काउण्टबाट ब्लड ग्रुपको बारेमा पत्ता लाग्ने गर्छ । यदि कसैको शारीरमा यो एन्टिजन कम हुन्छ भने उक्त ब्लड ग्रुप दुर्लभ मानिने गर्छ । एन्टिजनले शारीरमा रोग प्रतिरक्षक गर्ने क्षमता वृद्धि गराउछ जसले शरीरलाई भाइरस तथा जीवाणुबाट सुरक्षित राख्न मद्धत गर्छ । जुन मानिसको रिसस नेगेटिव ब्लड ग्रुप छ उनीहरु आफ्नो ब्लड दिएर अरुको मद्धत पनि गर्न सक्छन ।

पछिल्लो ५२ वर्षमा मात्रै ४३ मानिसहरुमा यो ब्लड ग्रुप पाइएको छ । रिसस नेगेटिव ब्लड ग्रुप भएका मानिसहरु विश्वमा सबै ब्लड ग्रुप भएको मानिसहरुलाई आफ्नो ब्लड दिन सक्दछन् । रिसस नेगेटिव ब्लड ग्रुप भएका मानिसहरुको जीवन साधारण मानिसहरु जस्तै हुन्छ । तर उनीहरुलाई आफ्नो निकै ध्यान राख्नु पर्नेछ किनभने यो ब्लड पाउन निकै गाह्रो छ ।

 

प्रकाशित : सोमबार, कार्तिक १३, २०७४१७:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१५० लाख वर्ष  पुरानो समुन्द्री डायनासोरको जीवाश्म फेला