यस्तो शहर जहाँ बस्न जाने मानिसलाई सरकारले गर्यो रोजगारसहित ७५०० यूरो दिने घोषणा

एजेन्सी, यदि तपाईं आफ्नो घरमा बस्नुहुन्छ भने पनि समाजको लागि, यो, त्यो र अन्य बिषयहरुमा पैसा दिनु पर्दछ । तर संसारमा यस्तो सहर छ जहाँ बस्नका लागि सरकारले उल्टो पैसा दिएको छ । इटालीको कंडेला शहरमा बस्नका लागि त्यहाँको मेयर निकोला गैटाले यो घोषणा गरेका हुन् । आफ्नो शहरको घट्दो जनसंख्यालाई बढाउनका लागि उनले यो कदम चालेका हुन् ।

मेयर निकोला गैटाका अनुसार यो शहरको जनसंख्या १९९० मा ८००० रहेको थियो तर अहिले करिब २७०० मात्र रहेको छ । पहिलेको झैं जनसंख्या बढाउनको लागि उनले यो रकमको घोषणा गरेको बताएका छन् । वेंडर्स, मानिसहरु र पर्यटकहरुले भरिपुर्ण हुने यो शहरको गल्लिहरु अहिले सुनसान हुने गरेका छन् । आर्थिक संकट पश्चात सबै युवाहरु कामको खोजीमा बाहिरिएपछि शहर रितिएको थियो ।

अब यसलाई पहिलेको अवस्थामा पुर्याउन यो शहरमा बस्न आउने एक्लो व्यक्तिलाई ८०० यूरो, कपल्सलाई १२०० यूरो , ३ देखि ५ सदस्य भएको परिवारलाई १५०० देखि १८०० यूरो दिने घोसणा गरिएको छ । उक्त पुरस्कार पाउनका लागि कंडेला जानु पर्ने र त्यहाँ ७५०० यूरो प्रति वर्षको काम गर्नु पर्ने बताईएको छ । अहिलेसम्म नर्थ इटलीबाट ६ परिवार यहाँ बस्न आईसकेका छन् भने अन्य ५ परिवार आउने क्रममा रहेका छन् । मेयरले यो शहरमा सबै सुबिधाहरु भएको र सु-सम्पन्न जीवन जिउन सकिने पनि दाबि गरेका छन् ।

 

प्रकाशित : सोमबार, कार्तिक ०६, २०७४१८:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

५४ वर्ष अगाडी अन्तरिक्षमा बिरालोलाई यसरी पठाईएको थियो-[भिडियो सहित]