साप्ताहिक राशीफल – भदौ २ देखि ८ गतेसम्म

मेष
शुभचिन्तकहरूले सभा तथा गोष्ठीमा सहभागी हुने निमन्त्रणा पठाउनेछन् । छोटो समयमै घनिष्ठ हुन खोज्नेहरूबाट टाढै रहनुहोला । गफगाफ तथा मनोरञ्जनका क्रममा परिचित मित्रहरूसँग आर्थिक कारोबार नगर्नुमै आफ्नो भलो छ । शैक्षिक क्षेत्रमा लगानी गर्दा अभिभावकहरूको प्रशंसा प्राप्त हुनेछ ।

वृष
नयाँ कार्य प्रारम्भ गर्दा पर्याप्त धन खर्च हुनेछ । व्यवसायका सिलसिलामा विदेशी भूमिको भ्रमण गर्दै विभिन्न क्षेत्रमा लगानी गर्नसमेत आकर्षित भइनेछ । सुनौलो रंगको पहिरनमा प्रस्तुत हुँदा आलोचकहरूसमेत लोभिनेछन् । काम देखाएर अरूलाई सहजै प्रभावित तुल्याउन सकिनेछ । साताको अन्त्यमा मिष्ठान्न भोजनमा सरिक भइनेछ ।

मिथुन
खानपान तथा उठबसका क्रममा उच्चपदस्थहरूसँग भलाकुसारी हुनेछ । सोमबारपछि बौद्धिक व्यक्तित्वहरूसँग परिचित हुँदै महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ । साथीभाइहरूसँग नगद कारोबार नगर्दा नै आफू सुरक्षित भइनेछ । व्यवसायमा सोचेजस्तो सफलता हात पार्न केही समय कुर्नुपर्नेछ ।

कर्कट
प्रेमिकाको सहयोगमा आकस्मिक धन प्राप्त हुनेछ, जसले नयाँ व्यवसाय सञ्चालन गर्न सहयोग पुर्‍याउनेछ । प्रतिष्ठित व्यक्तिसँगको अन्तक्र्रियाले मनोबल उच्च बनाउनेछ । साताको अन्त्यमा दान–पूण्यजस्ता कार्यमा सहभागी भइनेछ । मंगलबारपछि भोजभतेरमा सहभागी हुने योग जुर्नेछ ।

सिंह
साथीहरूले समस्याको गाँठो फुकाउन सहयोग गर्नेछन् । प्रेमी–प्रेमिकाहरूको घेटघाट अविस्मरणीय हुनेछ । खानपान तथा मनोरञ्जनमा संयमित रहनु नै उपयुक्त हुन्छ । प्रतिकूल मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुहोला । साताको अन्त्यतिर आर्थिक भार बढेर ऋणको चपेटामा पर्न सकिनेछ ।

कन्या
नयाँ कार्य सम्पन्न गर्न लामो समय कुर्नुपर्नेछ । साथी तथा परिवारजनसँग खुसी आदान–प्रदान हुनेछ । आफ्नो हितअनुकूल नौलो समाचार सुनेर हर्षले गद्गद भइनेछ । सवारी साधन चलाउँदा विवेक पुर्‍याउनुहोला । स्वास्थ्यको समेत विशेष ख्याल राख्नुपर्नेछ ।

तुला
उच्च ओहदाका व्यक्तिहरूले निगरानी राख्नेछन् । विपरीत लिंगीका साथीहरूले बेवास्ता गर्दा मानसिक तनावले सताउन सक्छ । नियमित शारीरिक व्यायाम तथा योग एवं नीलो रंगको प्रयोगबाट शारीरिक तथा मानसिक ऊर्जा प्राप्त हुनेछ । सामाजिक कार्यको नेतृत्वले परिवारकै प्रतिष्ठालाई उचाइमा पुर्‍याउनेछ ।

वृश्चिक
प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ । प्रेमिकाको सहयोगका कारण विदेश गएर अध्ययन गर्ने धोको पूरा हुनेछ । कुनै पनि विवादलाई विश्वासमा परिणत गर्न सके स्वत: सफल भइनेछ । परिवारका सदस्यहरूबीच मत नमिल्दा सानातिना झन्झट सिर्जना हुन सक्छन् । रातो रंगको प्रयोगले समस्या पहिचान गर्न सहज बनाउनेछ ।

धनु
प्रयास दोहर्‍याउन सके अप्ठ्यारो कार्य पनि सम्पन्न गरिनेछ । प्रेमी–प्रेमिकाबीचको ठाकठुक विश्वासमा परिणत हुनेछ । समयलाई बेवास्ता गर्दा पछि परिनेछ । साझेदारीको व्यवसायमा उथलपुथल देखा परे पनि विहीबारपछि सबै कुरा सामान्य होला । मेहनतपूर्वक कार्य गर्दा षड्यन्त्रकारीहरूलाई परास्त गर्न सकिनेछ ।

मकर
लुकेको प्रतिभा प्रदर्शन गर्दा नयाँ साथी फेला पर्ने सम्भावना छ । रोजगारी हात पार्न शक्तिशाली एवं बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ । आर्थिक पक्ष सबल भै विदेश भ्रमण गर्ने अवसरसमेत जुट्न सक्छ । परिस्थितिको हेक्का राखी अवसरलाई चुनौतीका रूपमा शिरोधार्य गर्नुहोला । साताको अन्त्यमा मान–प्रतिष्ठा प्राप्त हुनेछ ।

कुम्भ
अनुकूल तथा प्रतिकूल दुवै किसिमका अवसर हात लाग्नेछन् । असहज कार्यलाई सहज बनाउन विशेष प्रयास गर्नुपर्नेछ । ढिलो गरी मित्रहरूको आर्थिक सहयोग प्राप्त हुँदा अवसर गुम्ने खतरा छ । पारिवारिक मनमुटाव एवं निराशामा प्रेमी–प्रेमिकाले ऊर्जा थप्नेछन् । साताको अन्त्यमा स्वास्थ्यप्रति सजग रहनुपर्नेछ ।

मीन
पुराना मित्रहरूसँगको भेटले मनोरञ्जन प्रदान गर्नेछ । भौतिक सुखले मात्र ढुक्क हुन नसकिएला । विश्वासपात्रले कुरा काट्दा मन खिन्न हुनेछ । पारिवारिक सहयोगमा महत्वपूर्ण कार्य सम्पन्न गरिनेछ । साताको अन्त्यमा पूण्य कार्यप्रति रुचि बढ्नेछ ।

कान्तिपुर साप्ताहिकबाट 

प्रकाशित : शुक्रबार, भदौ ०२, २०७४१७:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोली वर्षकै ठूलो सूर्यग्रहण लाग्ने, नाशाले लाइभ गर्दै, यस्ता छन् ग्रहण हेर्ने टिप्स