‘वर्ल्डस् अगलिएस्ट डग कन्टेस्ट’मा सम्मिलित यी हुन् दुनियाँका कुरुप कुकुरहरु (फोटोफिचर)

एजेन्सी- सौन्दर्य प्रतियोगिता हामी कैयौं पटक पटक सुन्छौं र यो स्वाभाविकनै हो। तर कुरुपहरुको कुरुपता दर्शाउने प्रतियोगिता हामी कमै सुन्छौं।

अझ रोचक त के छ भने यो प्रतियोगिता कुरुप कुकुरहरु बीचको हो। विश्वको सबैभन्दा कुरुप कुकुर छनोट गर्नका लागि हरेक वर्ष “वर्ल्डस् अगलिएस्ट डग कन्टेस्ट” नामक प्रतियोगिताको आयोजना गरिन्छ। यसपटकको प्रतियोगितामा विश्वको सबैभन्दा कुरुप कुकुरको उपाधि मार्था नामक कुकुरले जितेको छ । यो मेस्टिफ नश्लको कुकुर हो र यसले कुरूपताको हदै पार गरेको छ। विभिन्न १३ देशका प्रतियोगीलाई यसले उछिनेको हो। उसको मुखको आसपासका काला छालाका विशाल लोतीहरु साँच्चीकै कुरुपताका उदाहरण नै हुन् । उक्त कुरुप कुकुर मालिक भन्छन “मार्था निकै गम्भीर घाइते भएर बँचेको हो । ऊ दुर्घटनामा परेर झण्डै अन्धो भैसकेको थियो । सर्जरीपछि उसको दृष्टि फर्किएको हो।”

प्रतियोगितामा सहभागी अरु कुकुरहरु एक से एक कुरुप देखिन्थे। मार्थाले दुनियाको सबैभन्दा कुरुप कुकुरको उपाधिसँगै १५ सय अमेरिकी डलर पुरस्कार हात पारेको छ ।

अमेरिकाको क्यालिफोर्नियास्थित सोनोमा काउन्टीको पेटालुमामा भएको सोनोमा मरिन महोत्सवका दौरान कुरुप कुकुर प्रतियोगिताको आयोजना भएको हो ।

यिनै हुन् केहि कुकुरहरु जसले प्रतियोगितामा भाग लिएका थिए:

 

प्रकाशित : सोमबार, असार १९, २०७४१७:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिना डिग्रीको मान्छेले यो देशको सडकमा फलफुल जसरी बेच्छ खुलेआम औसधी