प्रशंग स्ववियु निर्वाचन : देश बिकासमा युवा भुमिका के ? 

लेखक / गणेश बाबु खड्का

युवा अवस्था उर्जा, आकांक्षा र अदम्य शाहसको त्रिवेणी मानिन्छ । बाल्यावस्थापछि र बृद्धावस्था अघिको निकै उर्जाशील र उत्पादन मुलुक उमेर समुह हो युवावस्था । अझ भनौं मानव जिवनकालको स्वर्णीम काल हो युवावस्था । अहिले राष्ट्रको जीवनमा पनि इतिहास कै स्वर्णीम चरणआएको छ । हाल आश्रित जनसंख्या ( १६ वर्ष भन्दामुनि र ६० वर्ष भन्दामाथिको जनसंख्या) को तुलनामा अधिक युवा जनसंख्या( करिव ५४ प्रतिशत) रहेको छ । राजनैतिक परिवर्तनका विभिन्न उतार चढावमा युवापीढीँको अतुलनीय योगदान रह्यो, चाहे प्रजातन्त्र स्थापना गर्दा होस् या गणतन्त्र । आन्दोलन र युद्धका अग्रीम मोर्चामा रहेर परिवर्तनको विगुल फुकेका युवाहरुले अव आर्थिक समृद्धीको अगुवाई गर्नु पर्ने बेला आएको छ । विश्वइतिहासमा सदैव एक स्वाभिमान र स्वतन्त्र राष्ट्रको परिचय बनाएको नेपाल र नेपाली जनता कहिल्यै कसैको अधिन र इसारामा चल्न जानेनन् । आज रोजिरोटीका लागि अरु कसैको अधिनमा बस्नुपर्ने विडम्वना छ । मुलुकको गन्जागोल राजनैतिक अस्थिरता र पटक पठक सरकार परिवर्तनको खेलका कारण रोजगारीका अवसर सिर्जना हुन नसक्दा वर्षेनी लाखौं उर्जाशील युवा विदेशीनु पर्ने बाध्यता छ ।

आन्दोलन र युद्धका अग्रीम मोर्चामा रहेर परिवर्तनको विगुल फुकेका युवाहरुले अव आर्थिक समृद्धीको अगुवाई गर्नु पर्ने बेला आएको छ ।

हामीसंगै स्वतन्त्रताको लडाई लडेका छिमेकी मुलुकहरु विश्वमा उदयीमान शक्तिभएर उदाइरहेकाछन् । विश्व बजारमा आफ्ना उत्पादन पु¥याइरहेका छन् । हामी प्राकृतिक सौन्दर्यता र स्रोत–साधनले भरिपूर्ण भएर पनि कस्तुरीले झै बास्नाको खोजीमा प्रचण्ड गर्मीमा रगत र पसिना बगाउन बाध्य छौ, विवश छौं ।
उच्च शिक्षा हाँसिल गरेर पनि हामी उद्यमशील बन्न सकेनौं । व्यवहारिक र स्वरोजगार मुलक कार्यमा सामेल हुन सकेनौं । हामीले स्वयम् आफुलाई चिन्न सकेनौं उजाड मरुभूमीमा सुन फलाउन सक्ने नेपालीउर्जाले के नेपाली माटोमा मोती फलाउन सक्दैनथ्यो होला र ? के उखरमाउलो गर्मीमा काम गर्ने हातपाखुरीले आफ्नै जन्मभूमीमा मेहनत गर्दा सन्तोषजनक परिणाम प्राप्त हुदैनथ्यो होला र ? हामीले यसबारे सोचेनौं । हुन त मुलुकको सक्रमण कालिन अवस्थाका कारण कहिंकतै गाह्रो अप्ठ्यारो त छ नै, तै पनि आफ्नो मुलुकमा नै केहि गर्नु पर्दछ भन्ने महत्वकांक्षाका अगाढी त्यो बाधाव्यवधान फिक्का हुनेछ ।

पासपोर्ट बन्धकी राखेर श्रम पसिना बगाउन खाडी हैन आत्मसम्मान र स्वाभिमानका साथबृद्धबावु–आमा र जीवन संगिनीसंगै आफ्नै मातृभुमीको माटोमा सुनौलो जिन्दगी सिञ्चित गरौं ।

अव बालेको आगो हैन आफ्नै अगेनोमा आगो बाल्ने बेला आएको छ । श्रम र सीप बेचेर हैन उत्पादन बेच्नु पर्ने बेला आएको छ । स–सानो कामको सुरुवात हामी स्वयम्ले उद्घाटन गर्न जरुरी छ । अर्काको देशमा उर्जाशील समय खर्चने समय सकियो । हाम्रो उर्जा, ज्ञान–सीप र श्रम आफ्नै मातृभूमी निर्माणका लागि खर्चियौं । धेरै ठूला सपना नदेखौं । हाम्रै काली, कर्णाली र कोशीबाट झिलिमिली विजुली निकालेको सपना देखौं । बाँझो पाखो बारीमा लटरम्म खाद्यान्न र तरकारी फलेको सपना देखौं । मनोरम हिमश्रृखलामा पर्यटकको ताँती लागेको सपना देखौं । पासपोर्ट बन्धकी राखेर श्रम पसिना बगाउन खाडी हैन आत्मसम्मान र स्वाभिमानका साथबृद्धबावु–आमा र जीवन संगिनीसंगै आफ्नै मातृभुमीको माटोमा सुनौलो जिन्दगी सिञ्चित गरौं । अवका युवाको जिम्मेवारी हो मुलुक निर्माणमा हातेमालो गर्ने हो । हाम्रो राष्ट्र निर्माणको जिम्वेवारी हाम्रै हो । मुलुकको समृद्धीको चावी हामी संगैं छ । राजनैतिक रुपमा स्थायित्व र आर्थिक रुपमा समृद्ध नेपालको परिकल्पनाका साथ युवा जोश र जाँगरको सदुपयोग गरौं । सुनौलो नेपाल निर्माणको कार्यमा काँधमाकाँध र हातमाहात मिलाएर अघिबढौं अनिमात्रै साकार हुनेछ हामीले चाहेको नयाँ नेपाल ।

प्रकाशित : सोमबार, फागुन ०९, २०७३११:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रचण्ड क्रान्तिनायक कि गन्तव्यविहीन यात्री ?