विदेशका चिल्ला सडकमा सलल कुदेका गाडि हेरेर त्यस्तै यहाँ पनि होला की भनि सपना बुदेको पनि दशकौ वितिसकेको छ । धुलाम्मे सडकलाई आफ्नो नियति मान्दै स्वीकारेका राजधानी बासीहरु अव घण्टौ सम्म ट्राफीक जाममा पर्न बाध्य भएका छन । आधा घण्टाको अडकल काटी घरवाट निस्कियौ भने २ घण्टामा पनि गन्तव्यमा पुग्न हव्वे पर्छ । व्यस्त सडकमा ठा“उ ठा“उमा चल्दै गरेका रोलर, खाल्डोमा फसेका गाडी, जथाभावी वाटो काटिरहेका पैदल यात्रु, हतारमा रहेका मोटरसाइकल–गाडी, व्यस्त समयमा साना सडकमा पसेका ठूला गाडीहरु कारण प्राय “ट्राफीक जाम“ भएको देखिन्छ । “ट्राफीक व्यवस्थापन गर्न विचमा हात हल्लाएर धुलो र धुवा विच बसेका “ट्राफीक प्रहरी“ देख्दा कहिले टिठ लाग्छ, कहिले दिक्क, कहिले रीस उठछ ।
किन धुलो धुवा विच उनीहरु यसरी बस्न वाध्य छन ? विकशित देशमा यदाकदा मात्र “ट्राफीक प्रहरी“ सडकमा देखिन्छन तर पनि सवै व्यवस्थापन दुरुस्त छ, गाडीहरु आफ्नै रफ्तारमा छन, सानो गल्तीमा पनि ठुलो जरिवाना तिर्छन अनि त्यसैले होला सवै सजक पनि छन । लाग्छ, यो दुख कहिकतै दुख पाइस मङ्गले आफ्नै ढङ्गले त होइन । हाम्रा सडक हेर्ने निकाय र ट्राफीक प्रहरीकै आफनै कमी कमजोरी नभएका पनि होइनन ।
स्वसञ्चालित “ट्राफीक बत्तिहरु“ लाई विस्तारै जक्सनमा हात हल्लाएर उभिएका “ट्राफीक प्रहरी“ विस्ताफित गरेको भान हुन्छ । वषौदेखि विग्रेका “ट्राफीक लाइटहरु“ न मर्मत भएका छन न त चारदोवाटोमा नया“ नै जोडिएका छन । कतै हामी यो आधुनिक विश्वमा ढुङ्गे युग तिर त फर्किरहेका छैनौ । सडकमा सेन्सर राखि व्यवस्थापन गर्ने थालिएको युगमा हामी फेरि हात हल्लाएका प्रहरीबाटै व्यवस्थापन तिर लागेका छौ । सडक विभागले प्रहरीलाई अनि प्रहरीले सडक विभागलाई वत्ती मर्मत भएनन भनि दोष थुपारेको सुन्न थालेको पनि धेरै भै सक्यो तर हाम्रा यी विग्रिएर ट्राफीक बत्तीहरु कहिल्यै बनेन, खै दोष कस्को हो ? वरु हामी आज भन्दा विसौ वर्ष अगाडिको अवस्थामा पुगि रहेका छौ । गाडिको चाप धेरै गुना वढी रहेको छ, तर आधुनिकिकरण गर्न भन्दा पनि हामी व्यवस्थापन गर्न नया“ प्रहरी भर्ना गरि रोजगारी सिर्जना तिर लागिरहेका छौ ।
एकातिर विग्रिएका “ट्राफीक लाइटहरु“ नबन्दा ट्राफीक व्यवस्थापनका लागि धेरै ट्राफीक प्रहरी खटाउनु पर्ने वाध्यता छ जसले गर्दा खर्च र ट्राफीक प्रहरीकै स्वास्थ्यका हिसावले पनि उचीत देखिदैन । सरकारी निकाय आफै “ट्राफीक बत्तीहरु“ नभएको कारण ट्राफीक व्यवस्थापनका लागि तीन दोव्वर प्रहरीहरु मूख्य सडकमा खटाइनु परेको स्वीकार छन । अर्को तिर, यस्को प्रवाहले गर्दा पैदल यात्रुलाई बाटो काटन हव्बे परेको छ । “ट्राफीक लाइटहरु“ नवल्नुका कारण लोडसेडिङ्गलाई दोष दिने दिन पनि त अव गए ।
“ट्राफीक लाइटहरु“ दुरुस्त भएमा मूख्य सडकहरुमा लस्कर लागेका गाडीले १० मिनेट सम्म ट्राफीक प्रहरीले रोकेर राख्दा हुने दिक्दारीवाट जनतालाई केही राहत मिल्ने थियो की । स्वसंचालित बत्तिहरु समय मेसीनका रुपमा चल्ने हुदा मानविय त्रुटिका कारणले हुने जामलाई केही कम गर्न र सहरलाई बास्तविक रुपमा नै आधुनिकी करण गर्न मद्धत मिल्ने थियो । वारम्वार विद्यालयहरुमा गइ सडक नियमका वारेमा जानकारी दिने प्रहरीका प्रयासलाई वास्तविक र व्यवहारिक रुपमा नै विद्यार्थिहरुले सिक्ने मौका पाउने थिए । अहिलेको विडम्वना त यसरी जेव्रा कसिङ्ग गर्नु पर्छ, यो वत्ती बल्दा मात्र क्रसिङ्ग गर्ने भनेर सिकाइन्छ तर हामी यहा त उही प्रहरीका हल्लाएका हात हेरि बाटो काट्नु पर्ने वाध्यता छ । सिकाइ र गराइमा भिन्नता हुने अवस्था सिर्जना भएको छ । अनुमति पत्र लिदा आउने “ट्राफीक लाइटहरु“ सम्वन्धित प्रश्नहरु औचित्य हिन बन्न पुगेका छन । त्यसैले यसवारे वेलैमा सोच्ने र उचीत व्यवस्थापनका लागि सम्वन्धित निकाएको ध्यान जाला की भन्ने आशा छ ।
अहिलेको ट्राफीक व्यवस्थापन, यसका कमजोरीहरु र समाधानका उपाय नखोजीनुको कारणहरु के-के हुन् ?
स्कुलका विद्यार्थीलाई ट्राफीक लाइटहरुका कक्षा लिनुको औचित्य के ?
हामी आजभन्दा विज्ञान र प्रविधिको क्षेत्रमा अगाडि वढदैछौ कि पछाडि ढुङ्गे युग तिर फर्कदैछौ ?
(लेखिका थापा काठमाडाैँ विश्वविद्यालयबाट पीएचडी गर्दै हुनुहुन्छ ।)