सगरमाथा भन्दा पनि लामो लम्बाई भएको यो विवाह पोशाकले राख्यो गिनीज बुकमा नाम!

एजेन्सी, मानिसहरु गिनीज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउनको लागि दिन-प्रतिदिन नयाँ-नयाँ कार्य र अनौठो कलाहरु देखाउने गरेका छन् । यस्तै अब विवाहमा बेहुलीको पोशाकले पनि गिनीज वर्ल्ड रेकर्ड राख्न सफल भएको छ । फ्रान्सको ‘कौद्र्य्’ शहरमा यस पोशाकको बारेमा चर्चा भईरहेको छ र यो हाम्रो सगरमाथा भन्दा पनि लामो रहेको बताईएको छ । यो विवाह पोशाकको बिशेषता भनेकै यसको लम्बाई रहेको छ । यसको लम्बाई ८,०९५ लाख मीटर (२६,५५९.७१ फीट) बताईएको छ । यसको लम्बाई सगरमाथालाई ढाक्नको लागि पर्याप्त हुने पनि बताईएको छ ।

यो भन्दा पहिले दुनियाँको सबै-भन्दा लामो पोशाक १२०३.९  मीटरको थियो । फ्रान्सको ‘Caudry’ शहर फिता उत्पादनको लागि प्रख्यात रहेको छ । त्यसैले यो शहरमा यस्तो विवाह हुनु सम्भव रहेको छ । पोशाकलाई मेजर गर्नको लागि केबिनेट कारोन ब्रिफर्ट फर्मको पेशेवर सर्वेक्षक क्रिस्टोफ ड्युमन्ट र गिनीज वर्ल्ड रेकर्ड अधिनिर्णायक रब मोलोयको उपस्थितिमा भएको थियो ।

यस पोशाकलाई निर्माण कम्पनी ‘डायनेमिक प्रोजेक्ट्स’ को १५ जना प्रतिभाशालीले तयार गरेका थिए । यसलाई बनाउन करिव २ महिना लागेको थियो । बताईएअनुसार यो कपडा सुरुमा अलग-अलग भागमा बनाएर पछि जोडेको थियो।

प्रकाशित : बिहिबार, पुष ०६, २०७४११:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यो हो संसारको सबैभन्दा खतरनाक सर्प, एकपटक मै जान्छ ज्यान!