संसारकै सबैभन्दा ठुलो परिवार, ४ तले घरमा बस्छन् राजपरिवार जसरी [पुरा पढ्नुहोस]

एजेन्सी, मानिसको शोक पनि गजब-गजबका हुन्छन् । यस्तै एक व्यक्ति छन् जसलाई संसारकै सबैभन्दा धेरै परिवार बनाउन  रहर थियो र आखिरमा उनले आफ्नो रहर पुरा गरेरै छोडे । ७० वर्ष पुगेका चुके जियोना चान नाम गरेका व्यक्तिले आफ्नो जीवनमा ३९ वोटा विवाह गरेका छन् । उनको ९४ जना सन्तान रहेका छन् । जम्मा गरि उनको परिवारमा १ सय ८१ जना सन्तान रहेका छन् । यो अनौठो परिवार भारतको मिजोरम राज्यमा बस्ने गर्दछन् ।

अचम्म लाग्दो कुरा के छ भने ७० वर्षको भए पनि जियोना अझै तन्दरुस्त देखिन्छन् । आफ्नो गाउँको सबैभन्दा राम्रो व्यक्ति मान्छन् । गाउँमा जुन महिला राम्रो लाग्छ उनिसँग विवाहको प्रस्ताव लेखेर पठाउने गरेका छन् । यदि महिला मानिनन् भने आफ्नो पत्नीको नातेदारलाइ भनेर हुन्छ या चिनजानको भनेर विवाह गर्ने गरेका छन् । उनको आधा-दर्जन पत्नी जति ४० वर्ष भन्दा कम उमेरका रहेका छन् । उनको पहिलो विवाह १७ वर्षको उमेरमा हुदा भएको थियो । र उनले आफु भन्दा ३ वर्षले  जेठीसँग विवाह गरेका थिए । अहिले उनको परिवारमा बुहारी, ज्वाई र नाती-नातिना पनि रहेका छन् ।

विशाल घरमा राजा झैँ जीवन बिताउने जियोनाको परिवार सबैभन्दा खास जियोनालाई मान्ने गरेका छन् । उनि जुन गाउँमा बस्छन् त्यो गाउको सबैभन्दा ठुलो भू-भाग उनकै रहेको छ । ठुलो परिवार र अधिक सम्पतिले उनको परिवार एक राजाको परिवार झैँ जीवन बेतित गरिरहेको छ । मिजोरमको भक्तवांग गाउँमा पहाडी क्षेत्रमा बनेको उनको घर ४ तल्लाको रहेको छ । जहाँ १०० वोटा कोठाहरु रहेको छ । हरेक पत्नी र उनको परिवारलाई एउटा छुट्टै कोठा दिइएको छ । यदि बच्चा ठुला भए भने उनीहरुको विवाह गर्दीएर उनीहरुलाई पनि छुट्टै कोठा दिने गर्दछन् । जियोना आफ्नो घरको सबैभन्दा तल्लो तलामा बस्ने गर्दछन् । घरको सबैभन्दा ठुलो डबल बेडरूम मात्र उनिसँग रहेको छ । हरेक पत्नीलाई उनिसँग समय बिताउनका लागी १ हप्ताको समय दिने गरेका छन् र रोटेशनको हिसाबले पत्नीहरुले जियानसँग समय बिताउन पाउँछन् ।

परिवारको सदस्यलाई याद राख्नको लागि सबैको तस्वीर जियानले कम्प्यूटरमा राख्ने गरेका छन् । जियानको एक छोराले कम्प्यूटरमा आफ्नो पुरै परिवारको डाटा राख्ने गरेका छन् । जसमा हेरक पत्नी र उनको सन्तानको विवरण लगातार राख्ने गरिन्छ । त्यसैले जियानले आफ्नो परिवारको नाम याद राख्न सक्दछन् ।

 

प्रकाशित : बुधबार, कार्तिक २२, २०७४११:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी भिखारीको तलब नेपालको राष्ट्रपतिको जति, लखपति भिखारीको खुल्यो यस्तो रहस्य!