खल्तीमा रुमाल राख्दा यी ७ चिजको याद राख्नुस, हुनेछ यस्तो फाइदा

एजेन्सी, प्राय जसो मानिसहरु खल्तीमा रुमाल राखेर हिड्ने गर्छन्। कोहि धुलोबाट बच्न त कोहि रुघा खोकीका कारणले। तर आफुले बोकेको रुमालले आफ्नो जीवनलाई सकारात्मक र नकारात्मक रुपमा प्रभावित पार्छ भन्ने कुरा थोरैलाई मात्र थाहा होला।

 कस्तो रुमाल बोकेमा कस्तो फाईदा र बेफाइदा हुन्छन्:

१. सधै धोएको रुमाल प्रयोग गरे सकारात्मक र फलदायी हुन्छ।  र दिनहुँ फोहोर रुमालको प्रयोग गर्नाले रुमालमा नकारात्मकताको हावी हुने गर्दछ।
२. शुभ लाभको कामना गरेर हिड्नु हुन्छ भने रुमाललाई ४ वा ६ फोल्ड गरेर खल्तीमा राख्दा राम्रो हुन्छ।
३. रुमालमा पेन्सिल वा पेन जस्ता अन्य सामग्री केही पनि नराख्नुस नत्र एकाग्रतामा कमि आउने गर्दछ।
४. आफ्नो रुमाल आफुले मात्र प्रयोग गर्ने र अरुको रुमाल प्रयोग नगर्दा सकारात्मक प्रभावले आफुलाई नछोड्ने मानिन्छ।
५. मधुरो रंगको रुमाल बोक्ने गर्नुहोस ।
६. सधै पहेलो रुमालको प्रयोग गर्नु भयो भने व्यवसायमा घाटा र निस्सन्तान जस्तो तनावलाई यसले बिस्तारै समाधान गर्न मद्दत पुर्याउछ।
७. बुवाको सम्पत्ति सकिदै गईरहेको छ र आमाले हरेक पल दुख भोग्नु परेको छ भने कालो रुमालमा १२ वटा बदाम राखेर फलामको भाँडोमा अँध्यारो कोठामा राख्नुहोस।  र चारवटा काचो नरिवल खोलामा बगाउनुहोस् । यस्तो गर्दा समस्याको समाधान हुदै जानेछ ।

 

प्रकाशित : बुधबार, कार्तिक ०८, २०७४११:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

९५ वर्षअघि आइन्स्टाइनले लेखेको खुसीबारे नोट्स १३ लाख डलरमा बिक्रि, यस्तो छ बयान