यस्तो ठाउँ जहाँ विवाहित महिलाले दिनमा एक ग्लास मात्र वाइन पिउन पाउने

एजेन्सी, बिचित्रको यो संसारमा अनेक थरिका अनौठा कानुनहरु रहेका छन् । जुन सुन्दा जो-कोहीलाई अचम्म लाग्न सक्छ । कतिपय कानुन प्रतिबन्ध भएका छन् भने कतिपय अझै लागु हुदै गईरहेको छ । दुनियाँमा भएको केही बिचित्र कानुन यस प्रकार रहेका छन् ।

अमेरिकाको अर्कान्ससमा श्रीमानले श्रीमतीलाई महिनाको एक पटक कुट्न पाउने नियम रहेको छ ।

बेलायतमा गर्भवती भएका महिलाहरुले अप्ठेरो परेको बेला जुनसुकै ठाउँमा पनि दिशापिसाब गर्न पाउने नियम रहेको       छ ।

इटालीको एबोलीमा चलिरहेको कारभित्र चुम्बन गर्न शक्त मनाही गरिएको छ ।

बोलिभियाको राजधानी लापाजमा विवाहित महिलाले एक दिनमा मात्र एक गिलास वाइन पिउन पाउने नियम रहेको छ ।

क्यानडाको अल्बर्टा प्रान्तमा बजारमा किनमेल गर्दा कसम खानुका साथै ठुलो स्वरमा बोले कानुन बमोजिम जरिवाना तिर्नुपर्ने नियम रहेको छ ।

अमेरिकाको ओक्लोहामामा कुकुरलाई जिस्काउन पाइदैन।

अमेरिकाको फ्लोरिडा राज्यमा आइतबारको दिन कुमारी कन्याहरुलाई स्काइ डाइभ गर्न प्रतिबन्धित गरिएको छ ।

प्रकाशित : मङ्गलबार, कार्तिक ०७, २०७४१७:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनौठो रेकर्ड: २९ जोडीले कपडा नलगाईकन विवाह गरेर राखे यस्तो रेकर्ड