२० वर्षसम्म दाँत ब्रस नगर्दा यस्तो हालत

एजेन्सी,  जो कोहीलाई पनि अपत्यारिलो  लाग्न सक्छ कि, एक युवकले जन्मेदेखि २० वर्षको अवधिसम्म पनि दाँत ब्रस गरेको छैन । सामान्य मानिसहरु एकदिन ब्रस गर्न भुल्यो भने त्यस दिनभरी अफ्ठ्यारो महसुस गर्छन । तर एक युवकले २० वर्षसम्म ब्रस नगर्दा के भयो होला ? २० वर्षसम्म ब्रस नगरेका उक्त युवकको नाम ‘जे’ हो।

बेलायतको एक रियालिटी शो मा प्रस्तुत भएका जे अहिले २१ वर्षमा लागेका छन् । उनले आफ्ना जीवनकालमा अर्थात् मुखमा दाँत पलाए देखि २० वर्षको अवधिसम्म दाँत ब्रस गरेका छैनन् ।

सरसफाइको काम गर्ने जे ले आफुलाई बाल्यकालमा कसैले पनि दाँत ब्रस गर्न भने नसिकाएको बताउँछन् । उनका दाँत यतिधेरै खराब भएछ की उनलाई आफ्नै दाँत हेर्न घिन लाग्दथ्यो । आफ्नो दाँतकै कारण जे ले आफ्ना सपनाहरु पूरा गर्न पाएका थिएनन्। उनी खेलकुद वा फिजियोथेरापीमा करिअर बनाउन चाहन्थे ।

तर एक दन्त चिकित्सकले जे को जिवन बदलिदिएक छन् । डेन्टिस्ट जेम्स रसेलले उनको दाँतको सिटी स्क्यान गरेर निकै खराब भएको पत्ता लगाएको छ । साथै  बिग्रेका दाँत निकाल्ने, दाँत सफा गर्ने र खाली भएको ठाउँमा नक्कली दाँत हाल्ने गरेर उनको मुखमा टम्म सेता दाँत भरिदिए । जे अहिले निकै नै खुसि छ किनकि अब उनले देखेका सबै सपना पुरा हुनेछ।

 

प्रकाशित : मङ्गलबार, साउन १०, २०७४१८:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजैबाट छोडिदिनुस् सेल्फी खिच्न: नत्र यस्तो ठूलो रोगको बन्नु पर्ला सिकार !