बिकासका नाममा आएको करोडौँ बजेट फ्रिज, जनस्तरबाट खबरदारी गरौँ

लेखक : प्रकाश भण्डारी “बिवेक”

बिकासका नाममा आउने करोडौँ बजेट नवलपरासीमा मात्रै होईन देशका हरेक जिल्लाका तह र तप्कामा समयमै कार्य सम्पन्न गर्न नसक्दा फ्रिज भैरहेको अवस्था छ । नवलपरासीको हकमा भने यो समाचार नौलो भने पक्कै होईन् । बिगतका बर्षहरुमा पनि बिकासमा नाममा आएको करोडौँ रकम फ्रिज भएको अवस्था छ । गत आर्थिक बर्षको २०७२।७३ मा पनि नवलपरासी जिल्लाको हकमा ३६ करोड ९३ लाख २८ हजार ४ सय रुपैँया फ्रिज भएको थियोे भने गत बर्ष २०७३।७४ मा पनि बिगतका बर्षहरुमा जस्तै ४९ करोड ४५ लाख ९५ हजार ६ सय ६१ रुपँैया रकम फ्रिज भएको छ ।

असार मसान्त सम्ममा खर्च गरीसक्नु पर्ने यो बजेट बिभिन्न राजनीतिक दल तथा समयमा कार्य सम्पन्न गर्न नसक्दा फ्रिज हुन गएको आम जनताले आंकलन गर्न सकिन्छ । बिकासमा नाममा यसरी करोडौँ रकम फ्रिज हुन जाँदा बिकासबाट नवलपरासी पछाडी धकेलिनु स्वभाबिक हो । बाहिर भाषणमा बिकासमा नाममा चर्का भाषण गर्ने तर भित्र भित्र आफनो स्वार्थपूर्ति र बिभिन्न बहाना बाजी बनाएर त्यही बिकास बजेटमा अंकुसी लगाउने प्रबृत्तिले गर्दा आज यसरी बिकासमा नाममा आएको करोडौँ बजेट फ्रिज हुन गएको हो । समयमै कार्य सम्पन्न नगर्ने, सम्बन्धित निकायबाट अनुगमन नहुनु, ठेक्कापट्टा अनुरुपको कार्य समयमै सम्पन्न नगर्नु, राजनीतिक दलहरुको अवरोध कायमै रहिरहनु र बिकास नचाहने केही व्यक्तिहरुको कारण यसरी करोडौँ बबजेट फ्रिज भएको छ । टालटुले बिकास तथा जनताको आँखामा छारो हाल्ने प्रबृत्ति नरोकिए सम्म बिकासमा नाममा आउने बजे यसरी नै फ्रिज भैरहन्छ । जनताले बिश्वास र भरोसा गर्ने कतिपय सरकारी निकायले समयमै कार्य सम्पन्न गर्न नसक्दा बिकास बजेटको आधा रकम पनि सकेका छैनन् । न त सबै जनस्तर सम्म बिकासका लागी आएको अर्बौँ बजेट थाहा छ न त खर्च भएको र फ्रिज भएको करोडौँ रकम नै ।

नवलपरासी जिल्लाको हकमा कुरा गर्ने हो भने अधिकांश क्षेत्र मा सडक , खानेपानी, संचार , बिद्युत, जिर्ण पुलको मर्मत,खोला किनारमा तारजाली, ढलको व्यस्थापन, हुन सकेको छैन् । अधिकांश स्थानमा ग्राबेल बाटो छ त्यहाँ कालोपत्रे गर्ने पहल समेत भएको पनि छैन । महेन्द्र राजमार्गको नारायणगढ नवलपरासी सडक खण्डमा कैयौँ भागमा जोखिमपूर्ण खाल्डाखुल्डी तथा पहिरो हरु छन त्यसमा सम्बन्धित निकायको पनि कमै ध्यान पुगेको अवस्था छ । यति धेरै करोडौँ रकमको व्यवस्थापन र सही ठाँउमा लगानी हुन नसक्दा बर्षेपिच्छे फ्रिज हुन पुगेको छ ।

सदरमुकाममा अवस्थित रामग्राम न.पा मै त बिकासका नाममा आएको करोडौँ बजेट रकमको लगानी हुन नसकेर फ्रिज भएको छ भने जिल्लाकै अन्य क्षेत्रको विकास बजेट कार्यान्वयन भएन भन्नु त्यत्ति यूक्ति संगत नहोला । बिद्युतको सही तबरबाट बितरण नहुनु, अव्यवस्थित रुपमा लोडसेडिङ्ग हुनु, सडकको स्तरोन्नती नहुनु, ढलको व्यवस्थापन नहुँदा छिनभरकै बर्षाले परासी बजारै जलमग्न हुनु, बसपार्क व्यवस्थित नहुँदा बुद्ध चोक लगायतका ठाँउहरु धुलाम्मै र अव्यवस्ति यात्रु चढाउने झराल्ने तथा मूल सडक र सडकका छेउछाउमा अव्यवस्थित रुपमा छाडा छोडिएका पशु चौपायाले गर्दा सडक दुर्घटना बढ्दै जानु, सार्बजनिक शौचालय व्यवस्थित नहुनु, समय समयमा बजार अनुगमन नहुनु यि र यस्तै प्रकारका अनेकन अभावहरु झेल्दै नगरपालिका भित्र बस्नु पर्ने बाध्यता अझै पनि कायमै छ र यस्तो समस्या नगरबासीले कहिले सम्म झेल्नुपर्ने हो त्यो त नगर प्रमुख लगायत सरकारी निकायका जिम्मेबार व्यक्तिले सोच्नुपर्ने बिषय हो । यि समस्या तथा सुझाब त केबल आम नागरीकले जस्तै मैले पनि यही नगरपालिका र जिल्ला भित्र यात्रा गर्दा देखे भोगेका हुन् सम्बन्धित निकायको ध्यानै नपुगेको, कार्यान्वयन नभएका तथा समाचारै बन्न नसकेका कैयौ दुर दराजको भोगाई त उनै नागरीकलाई मात्रै थाहा जानकारी होला । छिन छिनमा परिवर्तन हुने सरकार तथा कार्यालय प्रमुखले समयमै यि र यस्तै समस्याहरु जनस्तरबाटै बुझ्ने र समस्या समाधान गर्ने हो भने नवलपरासी जिल्लाको बिकासमा फड्को मार्न सकिन्थ्यो । बर्षेनी हुने बिकास बजेट बापतको करोडौँ रकम पनि सही ठाँउमा कार्यान्वयन गर्दे आम जनतालाई बिकासको प्रत्याभूती दिलाउन जवस्तरबाटै आवाज बुलन्द गर्न र सम्बन्धित निकायलाई खबरदारी गर्नेकाम अबका दिनमा जनस्तरबाटै हुने हो भने अबका दिनमा यसरी करोडौँ बिकास बजेट फ्रिज भएको सुन्नु पर्ने थिएन कि !!

प्रकाशित : मङ्गलबार, साउन १०, २०७४१५:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाली राहदानीको दुरूपयोग र सिङ्गो नेपालको स्वाभिमानमाथि नै खिल्ली