एक प्रेम जोडीको यस्तो अनौठो भिडियो भयो सामाजिक सञ्जालमा भाइरल (भिडियोसहित)

सामाजिक सञ्जालमा दिनदिनै केही न केही भाइरल भइरहेका हुन्छन् । भाइरल ती हुन्छन् जसले आममानिसको ध्यान तान्न सक्छन् ।

त्यस्तै हालै सामाजिक सञ्जालमा एक प्रेम जोडीको भिडियो भाइरल भएको छ । भिडियोमा प्रेमीले पुलको काम गरेका छन् । केटा सजिलै पानीको भाग कट्छन् तर उनलाई उनकी प्रेमिकाको चिन्ता हुन्छ । प्रेमिकालाई पानीबाट बचाउन उनले ज्यान तेर्सो पारेर ज्यानबाट हिँड्न आग्रह गर्छन् । सोही अनुरुप प्रेमिका खोला तर्छिन् । प्रेमीलाई ज्यानको भाग उठाएर जमिनमा आउन हम्मेहम्मे परिरहन्छ । उनलाई अर्का एक मानिसले जमिनमा उत्रनका लागि सहयोग गर्छन् । उक्त मानिसले प्रयास गर्दागर्दै उनी पानीमा डुब्छन् ।

यो भिडियो हेरेपछि केहीले यसलाई मुर्खता भन्दै प्रतिक्रिया दिएका छन् भने केहीले साँचो मायाको अर्थसँग तुलना गरेका छन् ।

हेर्नुस् भिडियो:

प्रकाशित : शनिबार, साउन ०७, २०७४१६:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हेल्मेट लगाएर किन काम गर्छन यी सरकारी कर्मचारीहरु? यस्तो छ रहस्य