बैज्ञानिकहरुले पत्ता लगाए कहिल्यै नमर्ने यस्तो जीव, यस्तो छ रहस्य (भिडियो सहित)

एजेन्सी- अहिले संसारमा जलवायु परिवर्तन र भूमण्डलीय उष्मीकरणको कारणले गर्दा विभिन्न जीवजन्तुहरु लोप भएको र लोप हुन लागेका खबरहरु हामिले धेरै जसो सुन्ने गर्छौं। तर बैज्ञानिकले भने एक जीव सम्बन्धि अनौठो दावी गरेका छन्।  

८ वटा खुट्टा भएको एक ‘टार्डीग्रेड’ नामक जीव सुर्य रहुन्जेल बाँच्ने ठुला बैज्ञानिकहरुको दावी छ। त्यसैले बैज्ञानिकहरुले यस जीवलाइ अमर घोषित गरेका छन्। यो जीवको लगभग १० अर्ब वर्षसम्म अस्तित्व रहने छ भनि ब्रिटेनस्थित अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले यस बारे यस्तो रोचक कुरा पत्ता लगाएका हुन्। साइन्टीफिक रिपोर्टस जर्नलमा सुर्यको अन्त नहुन्जेल यो जीव बाच्ने भनी लेखिएको छ।

यो जीव बिना खान बिना पानी ३० वर्ष सम्म जीवित रहने अनुसन्धानकर्ताहरुको ठम्याई छ। यो जीव १५० डिग्री सेल्सियसमा पनि रहन सक्छ र यसले अतिउच्च विकिरण सम्म झेल्न सक्छ। यो जीव धेरैमा ०.५ सेन्टिमिटर लामो हुनसक्छ। यो जीव एकदमै सानो छ र यसलाई हेर्न हामीलाई माइक्रोस्कोपनै चाहिन्छ र यसलाइ जे गरे पनि मार्न नसकिने अनुसन्धानकर्ताको ठम्याई छ। यो समुन्द्रमा पनि रहन सक्छ भने अन्तरिक्षको उच्च चापमा पनि बस्न सक्छ।

पानीमा बस्ने यो जीव ६० वर्षसम्म बाँच्ने सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ ।

हेर्नुहोस भिडियो:

 

प्रकाशित : सोमबार, साउन ०२, २०७४१५:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

५२ बर्षियले गरे १ घण्टामा २६८२ पुसअप्स, बनाए बिश्व किर्तिमान