यस्तो छ बिश्वको सबैभन्दा ठुलो विमान कारखाना, यस्तो रोचक छ यो कारखाना (फोटो फिचर्स)

एजेन्सी- भर्खर भर्खरै बिश्वको सबैभन्दा ठुलो हवाईजहाज कारखाना एभरेटका केहि तस्बिरहरु इन्टरनेटमा देखा परेका छन्। ५० वटा फुटबल मैदान जत्रो यो हवाईजहाज कारखाना १९६७ मा अमेरिकाको सिएटलमा निर्माण भएको थियो। खासमा यस कारखाना ७४७ र बोइङ्ग हवाईजहाज बनाउनको लागि बनाइएको थियो तर अहिले यस कारखानामा बिश्वको सर्वश्रेष्ठ जहाजहरु बनाइन्छ। हरेक महिना यहाँ लगभग ५० सुविधायुक्त विमानहरु बनाइन्छ। यस बिमान कारखानामा तिस हजार भन्दा बढी मानिसहरु कार्यरत छन्।

यस कारखानाको सुरक्षा प्रणाली एकदमै कडा छ। कारखाना हेर्नलाइ मात्र यहाँ हरेक वर्ष हजार भन्दा बढी मानिसहरु आउँछन्। यहाँ यति टाइट सिक्योरिटी छ कि कारखाना हेर्न आउने हरेक मानिसहरुलाइ बाथरुम जाँदा पनि सिक्योरिटीसंग जानुपर्ने हुन्छ। तपाईं भित्र छिरेपछि फोटोहरु खिच्न पाउनुहुनेछैन र सामाजिक संजालमा पनि सक्रिय हुन पाउनुहुनेछैन। यहाँ सबैभन्दा रोचक कुरा त के भने यो कारखाना यति ठुलो छ कि तपाईं पैदल हिंडेर काहिँ जान भ्याउनुहुन्न। ५० फुटबल मैदान जतिको क्षेत्रफलमा रहेको यो कारखानामा त्यहाँ कार्यरत मानिसहरु साइकलको प्रयोग गर्छन। भित्र गाडीहरु पनि हुन्छन तर ति गाडीहरु पर्यटकको घुमफिरको लागि प्रयोग गरिन्छ।

यस कारखानामा जापान, स्विजरल्याण्ड र इटालीसहित अरु १० देशहरुबाट जहाजको भित्रि सामानहरु आयात हुन्छन। यस कारखानामा थुप्रै ऐरलाइन्सहरुका लागि जहाज निर्माण गरिन्छ।

 

 

प्रकाशित : शुक्रबार, असार २३, २०७४१७:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिलाले आफुलाई टोक्ने सर्पलाई नै टोकेपछि…