सेक्सपछि पनि ‘भर्जिन’ बन्न यस्तो तरिका अपनाउने गर्छन् यहाँका युवतीहरु !

एजेन्सी – ट्युनिशियामा विवाह हुनु अघि यौनसम्बन्ध हुने नहुने अर्थात् गरेपछि मात्र यस्तो सम्बन्ध राख्नु पर्ने मान्यता छ। त्यसले सबै युवती  बिहे हुनु पहिले ‘भर्जिन’ भएको आशा गरिन्छ । यसै कारण यहाँ भर्जिनिटीलाई पुनः हाँसिल गर्नका लागि ‘हाइमन’ लगाउने कारोबार निकै फस्टाउँदो अवस्थामा रहेको छ ।

यास्मिन (परिवर्तित नाम) निकै डराएकी छिन् । उनी आफ्नो नङ लगातार टोकिरहेकी छिन् र लगातार मोबाइल हेरिरहेकी छिन् । उनले भनिन्, ‘मैले यसलाईको रुपमा धोका मान्छु त्यसकारण निकै दुःखी पनि छु ।’ हामी अहिले ट्युनिशियाका एक प्राइभेट क्लिनिकमा चौथो तल्लामा छौं । यहाँ महिलासँग जोडिएका समस्याका डाक्टर रहेका छन् । गुलाबी रङको वेटिंग रुममा महिला निकै धैर्यताका साथ प्रतिक्षा गरेर बसिरहेका छन् ।

यास्मिनले नक्कली हाइमन लगाएको जानकारी दिइन् । एक सानो मेडिकल प्रक्रियामार्फत महिलाको गोप्य अंगमा हाइमन जुन एक प्रकारको झिल्ली जस्तो हुन्छ त्यसलाई जोड्ने गर्दछ । हाइमनलाई पुनः जोड्दा भर्जिनिटीलाई फिर्ता ल्याएको भन्ने गरिन्छ । समाजशास्त्री सामिया एलुमीले भने, ‘हामी आधुनिक समाजमा बसिरहेको दाबी गर्छौं तर यो आधुनिकता महिलाहरुको यौन सम्बन्धसँग जोडिएको छैन ।’ यास्मिनको दुई महिनापछि विवाह हुँदैछ ।

२८ वर्षीया यास्मिनलाई आफू भर्जिन नभएकोमा चिन्ता छ । भविष्यमा उनी भर्जिन नभएको कुरा थाहा हुनसक्ने भन्दै उनी तनावमा छिन् । उनले भनिन्, ‘एक दिन गल्तीपूर्वक कुराकानीको क्रममा मैले यसको पर्दाफास नगरुँ वा मेरा श्रीमानलाई यसबारे शंका नहोस् ।’

‘यति दबाब हुन्छ भने त सोचेको पनि थीइन

पुरुषले भर्जिन नभएको शंका गरेर श्रीमतीसँग विवाहलगत्तै सम्बन्धविच्छेद गरेका घटना यहाँसार्वजनिक भएका छन्।यास्मिनको जन्म एक उदार परिवारमा भएको थियो । उनी थुप्रै वर्षसम्म विदेशमा पनि बसिन् । उनलाई डर छ कि उनका अतितका यौन सम्बन्धबारे भविष्यका श्रीमानलाई शंका लाग्यो भने विवाह टुट्नेछ ।

यास्मिनले भनिन्, ‘मेरो एक पुरुषसँग सम्बन्ध थियो । त्यतिबेला मैले कल्पना पनि गरेको थिइनँ कि भर्जिनिटीको विषयमा हाम्रो समाजमा कति दबाब हुने गर्दछ र त्यसको के नतिजा हुनसक्ला । यस्तो अवस्थामा म निकै डराएकी छु । यदि मैले आफ्नो सम्बन्धबारे भविष्यका श्रीमानलाई भनें भने निश्चय नै मेरो विवाह टुट्नेछ ।’

पुनः हाइमन लगाउन आधा घण्टाको समय लाग्छ र यसका लागि यास्मिनले लगभग ४ सय डलर तिरेकी छिन् । यसका लागि उनले थुप्रै महिनादेखि पैसा बचाएर राखेकी थिइन् । बिबिसीमा प्रकाशित एक खोजमुलक रिपोर्टका अनुसार   यास्मिनलाई पुनः भर्जिन बनाउने प्रक्रिया एक गाइनाकोलोजिस्टले पूरा गर्नेछन् । डा. रशिद एक हप्तामा दुईवटा यस्तो शल्यक्रिया गर्दछन् ।

डा. रशिदका अनुसार जसले पुनः हाइमन राख्न आउँछन् तीमध्ये ९९ प्रतिशत त्यस्ता महिला हुन्छन् जो आफ्नो परिवार र आफन्तको इज्जत जाने कुरामा डराएका हुन्छन् । यद्यपी, हाइमन टुट्टे कारण सेक्समात्र हुँदैन तर पनि महिलालाई गलत तरिकाले अपराधी ठहराइन्छ र उनीहरुमाथि विवाह पूर्व सेक्सको आरोप लगाइन्छ ।

डाक्टरले भने, ‘गाइनाकोलोजिस्टले हाइमनलाई पुनः राखिदिने गर्दछन् । यो कुनै अपवाद होइन । यहाँ कुनै पनि डाक्टरले यसो गर्दैनन् । म नीजि रुपमा यस्तो गर्छु किनभने म ती मानिससँग सहमत छैन जसले भर्जिनिटीलाई पवित्र मान्छन् । यो सबै पुरुष प्रभुत्व हो र म यी सबै विरुद्ध युद्ध जारी राख्नेछु ।’

भर्जिन नभएको संका लागे सम्बन्धविच्छेद दिन सक्छन्ः

उत्तरी अफ्रिकामा ट्यूनिशिया महिलालाई अधिकार सम्पन्न गराएकोमा चर्चित छ तर धर्म र परम्पराका कारण यहाँ महिलालाई विवाह अघिसम्म भर्जिन रहन बाध्य बनाइन्छ । ट्युनिशियाको सम्बन्धविच्छेदमा यो पनि प्रावधान छ कि यदि श्रीमानलाई श्रीमती भर्जिन छैन भन्ने थाहा भए उनले सम्बन्धविच्छेद दिन सक्छन् ।

समाजशास्त्री सामिया एलुमीले भनिन्, ‘ट्युनिशिया समाज एक खुल्ला समाज हो तर हामी पाखण्डी भइरहेका छौं । यहाँ सामाजिक रुढिवादी निकै प्रबल रुपमा छ र हामी यसलाई आधुनिक समाजमा सही मान्न सक्दैनौं । महिलाको कामूकता र उनीहरुको स्वतन्त्रताको मामलामा आधुनिकता अहिले पनि कोसौं टाढा छ ।’

एक सरकारी युनिभर्सिटीमा मेरो भेट इशेनसँग भयो । २९ वर्षीय इशेनको विवाह पछिल्लो वर्ष भएको थियो । मैले उनलाई के उनका साथी भर्जिनिटीको ख्याल राख्छन् भनेर प्रश्न सोघ्दा उनले भने, ‘यो हाम्रो लागि निकै महत्वपूर्ण छ ।’

इशेनले भने, ‘यदि मलाई विवाह पछि मेरी श्रीमती भर्जिन छैन भन्ने थाहा भए म उनलाई पुनः विश्वास गर्न सक्दिनँ । म यसलाई धोकाको रुपमा हेर्नेछु । म नक्कली हाइमनमा विश्वास गर्दिनँ । मलाई लाग्छ कि यसले काम गर्दैन ।’ इशेनको नजिकै बसेका एक विद्यार्थीले ट्युनिशियाली परम्परामा महिलाले प्रताडना झेल्नुपरेको बताए ।

उनका लागि यो पूर्ण रुपमा पाखण्ड हो । उनले भने, ‘यदि पुरुषले विवाह पूर्व यौनसम्बन्ध राख्न सक्छ भने महिला भने किन यसबाट बञ्चित हुनुपर्ने ?’ – सेहम हसैनी/ बीबीसी

प्रकाशित : शुक्रबार, असार ०९, २०७४१२:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पिसावबाट चार्ज गर्न सकिने स्मार्टफोन ! कसरी ?