वास्तवमा पत्रकारिता एउटा पेशा हो । पत्रकारले गर्ने पेशा । पत्रकार सगैं जोडिएर पत्रकारिता बनेको हो । नेपाली व्यावकरणका अनुसार पत्रकार शव्दमा + ईता प्रत्यय जोडिएर पत्रकारिता शव्दको निर्माण भयो । पत्रकारिता शव्द सुन्दा जति सरल र सटिक सुनिन्छ त्यत्तिनै जटिल , महत्वपूर्ण , सवेंदनशील र जिम्मेवार पनि छ । यसैले पत्रकारितालाई राज्यको चौँथो अगंका रुपमा पनि परिभाषित गरिएको छ ।
वास्तवमा कुनै पनि देशका जनताहरुलाई आमसञ्चार र सञ्चारको माध्यमबाट सुचना,जानकारी र समाचार सगैं विविध गतिबिधिहरुको बारेमा जानकारी गराउनुनै पत्रकारिता हो सकुंचित अर्थमा । सटिकमा जनताको सुचनाको हकको प्रत्याभुति यसले दिलाउँदछ । यस बाहेक देशमा विद्यमान विभिन्न समस्याहरु र तीनको समाधानको पक्षमा पनि यसले गतिलो काम गर्छ । पत्रकारहरुले उठाउने कलमको माध्यमबाट । ईतिहास हेर्ने हो भने पञ्चायत शासन,जहानिया राणाशासन लगायत राजतन्त्रको अन्त्यको निम्ति पनि पत्रकारहरुको भुमिका कम रहेन जसले पटक पटक देशमा भएका आन्दोलनहरुको उपलब्धि दिलाउनमा सह्रानीय भुमिका निर्वाह गर्यो ।
पत्रकारितालाई चौथो अंग भन्नुको मतलब राज्य सञ्चालनका तीन अंगहरू कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका भन्दा भिन्न भएर सबैको खबरदारी गर्नु हो । कुनै राजनैतिक दलको पुच्छर बनेर राजनीतको आडमा पत्रकारिता गर्नु हैन ।
पत्रकारिता देशका नागरिक सगं प्रत्यक्ष जोडिएकाले यसले उनीहरुको जीवनस्तर सुधार र जिविकोपार्जनमा पनि मद्धत पुर्याउँदछ । उनीहरुका जनजीविकाका सवालहरु र अधिकार संरक्षणको लडाईमा यसको भुमिका नकार्न सकिन्न । यससगैं विकास निर्माणका सरोकारका विषयहरु लगायत भ्रष्टाचार,ढिलासुस्ती,अनियमितता विरुद्ध खबरदारी गर्दै समाजका सकारात्मक पक्षहरुको पनि चित्रण गर्दै आईरहेको छ । विगतमा पत्रकार भैरव अर्याल जस्ता केही प्रख्यात पत्रकारहरुले समाजका विकृति विसगंतिहरुलाई उदागों पार्ने गरी चित्रण गरेका थिए । कतिपय विकसित राष्ट्रहरुमा समेत विकासको मेरुदण्डको रुपमा पत्रकारितालाई पनि लिने गरेको पाईन्छ । अझै नेपाल जस्तो विकाशसील मुलुकमा त यसको भुमिका निकै महत्वपूर्ण रहन्छ । पत्रकारिता जनतासगं प्रत्यक्ष जोडिएको विषय भएकाले यसलाई निकै सवेंदनशील विषयको रुपमा पनि लिन सकिन्छ । यस अर्थमा यो निष्पक्ष,स्वतन्त्र र यर्थाथपरक हुनु जरुरी छ । कसैको पक्ष लिएर पीडितको भन्दा पनि उल्टै पीडककै पक्ष लिएर गरिने पत्रकारिता कहिल्यै पत्रकारिता बन्न सक्दैन । अर्को कुरा पत्रकारिता राजनीतिबाट अलग्गै रहनुपर्छ भनिन्छ तर वास्तविकता हर्ने हो भने सायद राजनीतिको ओहोदामा पत्रकार नै अग्रपक्तिंमा पर्छन ।
पछिल्लो समयमा सञ्चारमाध्यमको तीब्र विकास सगंसगैं पत्रकारहरुको संख्या पनि बढ्दै गएको छ । यसले एकातर्फ सकारात्मकता देखाएपनि निष्पक्ष र स्वतन्त्र पत्रकारिताको मर्मबाट भने चुकाईरहेको छ । अचेल परिस्थिति विल्कुलै बदलिएको छ । २०६२/६३ को जनआन्दोलन पछि नेपालमा थुप्रै राजनैतिक दलहरुको जन्म भयो । अचेल तीनै पार्टी र सुवेक्षुकहरुको अगुवाईमा धमाधम मिडियाहरु खोलिँदैछन । अनि पत्रकारहरु पनि तीनकै गोजिमा हात हालेर उनीहरुकै चाप्लुसी गर्दा नै ठिक्क देखिन्छन । यसले मिडियालाई राजनैतिक अखडा भन्दा माथि उठाउन सकेको देखिन्न । देशका प्राय सञ्चार माध्यमहरु यस्ता छन् जहाँ राजनैतिक नियुक्ति बिना ती मिडियामा काम गर्ने वातावरण बन्दै बन्दैन । राजनैतिक आस्थाको आधारमा खोलिएका त्यस्ता मिडियाहरुमा तीनकै मान्छेहरु भर्ती गरिन्छन् । त्यसैले त देशका चर्चित भनिएका रेडियो,टेलिभिजन,पत्रपत्रिका,अनलाईन खबर पत्रिकाहरुको पछाडी विभिन्न राजनैतिक दलहरुको नाम पनि सगैं जोडिएर आउने गरेको छ । अनि देशका चर्चित भनिएका पत्रकारहरु पनि यसबाट कत्तिपनि अछुतो छैनन् । हुनत पत्रकारहरुमा राजनैतिक आस्था नै हुनु हुदैन भन्ने पनि कदापि होईन उनीहरु पनि सामाजिक प्राणी नै हुन् । तर जहाँ प्रेस स्वतन्त्रता निष्पक्ष पत्रकारिताको कुरा छ यसकै आधारमा हामी आफ्नो उद्धेश्यबाट त विचल्लीत भईरहेका छैनौँ ? पत्रकार निष्पक्ष हुनुपर्छ उसले लेख्ने हरेक कुराहरु ती राजनैतिक दलको पृष्ठपोषणमा मात्रै सिमित हुनुहुँदैन । यो कुरा भनिरहने कुरा भने फिटिक्कै हैन । अर्को कुरा हामी पत्रकारहरु आफै राजनैतिक दलको भरिया भएर हिँडिरहेका छौँ । संसारका कुनै पनि पत्रकार र सञ्चार माध्यमहरु अझै सम्म वैचारिक आस्थाका आधारमा कुनै न कुनै वर्गीय सगंठनमा आवद्ध नभएको रेकर्ड प्राय कमै छन् । किन थाहा छ ? किनकी पत्रकारितामा पनि दलाली र चापु्रुसी कायम छ । पत्रकारको हक हीत र अधिकार संरक्षणको लागि भनेर छाता सगंठनको रुपमा नेपाल पत्रकार महासघंको गठन भएको छ । पत्रकारहरुको संरक्षणको लागि पत्रकार महासघंनै काफी छ भने विभिन्न राजनैतिक दलको भातृसगंठनको रुपमा खोलिएका प्रेस युनियन,प्रेस चौतारी,क्रान्तिकारी पत्रकार सघं,प्रगतीशिल पत्रकार सघं यी सबैको आवश्यकता किन ? किनकी हामीलाई राजनीति गर्नुछ अनि पत्रकारिता पनि । पत्रकार महासघंकै चुनावमा पनि विभिन्न पार्टीहरुको नामबाट विभिन्न प्यानलहरु घोषणा गरिन्छ । स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रने प्यानलहरुले हार पनि व्यहोरेको तिथो यथार्थ हामी सामु छ । कुनै दल विशेषको छत्रछायामा झण्डा बोकेर हिँडने हामीले भोलि उसैले केही नराम्रो गर्दा भने लेख्न सकौँला की नसकौँला ? पत्रकारको नाममा खोलिएका विभिन्न राजनैतिक दलका भातृसगंठनहरु पत्रकारिताको लागि हो या राजनीतिका लागि ? म लाटो बाहुनले पटक्कै बुझ्दिन । नेपाली पत्रकारितामा सबैभन्दा बढी प्रतिनिधित्व भएका प्रेस युनियन, प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघ राजनीतिक दलहरू क्रमशः नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओवादीका भ्रातृ संगठनहरू हुन, जसले सम्बन्धित दलको महाधिवेशनमा राजनीतिक कार्यकर्ताका रूपमा पत्रकारहरू पठाउँछन् । नेपाली पत्रकारितामा राजनीति ईतिहास देखिनै हावी हुँदै आएको देखिन्छ किनभने नेपालमा २०१२ सालमा गठन भएको तत्कालीन नेपाल पत्रकार संघको अध्यक्ष पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई थिए । नेपालमा विद्यमान तीन दशक लामो पञ्चायत विरुद्धको शासन अन्त्य सगैं बहुदलीय व्यवस्था आएपछि त्यसमा पत्रकारहरु पनि समाहित भए ।
पत्रकारहरु सबै एकढिक्का भएर लाग्नुपर्ने बहुदलपछि झनै पत्रकारहरुबीच पनि राजनैतिक गुट उपगुटले प्रश्रय पायो । पत्रकारको सुरक्षाको विषय निकै गम्भिर विषय हो । देशका कतिपय पत्रकारहरुले भन्ने गर्छन सुरक्षाको हिसाबले पनि कुनै पार्टीमा त अवश्य देखिनै पर्छ । यस्तो हुनुको अर्थ हुन्छ पत्रकारितामा राजनैतिक हस्तक्षेप हाबी छ । पत्रकारहरु राजनैतिक हतियारबाट टाढा रहेमात्र स्वतन्त्र पत्रकारिता हुनसक्छ । नेपालको अवस्थामा सुरक्षाको हिसाबले राजनीतिमा लाग्ने पत्रकारहरुको संख्या बढेपनि संसारका प्राय देश छन जहाँ पत्रकारहरु राजनीति भन्दै अलग्गै रहेर व्यवसायीक पत्रकारितालाई अगांलेका छन् ।
पत्रकारितालाई चौथो अंग भन्नुको मतलब राज्य सञ्चालनका तीन अंगहरू कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका भन्दा भिन्न भएर सबैको खबरदारी गर्नु हो । कुनै राजनैतिक दलको पुच्छर बनेर राजनीतको आडमा पत्रकारिता गर्नु हैन । अनि कुनै राजनैतिक दलको भातृ पत्रकार सगंठनमा आवद्ध रहेर स्वतन्त्र पत्रकारिताको कुरा गर्नु किमार्थ सुहाउँदैन । अहिलेको आवश्यकता व्यवसायिक पत्रकारिता को हो । राजनैतिक जगबाट केही माथि उठेर अब पत्रकारहरुका भातृसगंठनहरु बन्द गरिनु आवश्यक छ । अनि राजनैतिक आडमा खोलिएका त्यस्ता सञ्चार माध्यमहरुलाई पनि सरकारले खारेज गर्ने कानुनी प्राबधान बन्नु पर्छ । अनि पत्रकारहरु पनि आचारसहिंता भित्र रहेर सुहाउने र पचाउने काम गर्न तर्फ अग्रसर हुनुपर्छ ।
(लेखक रेडियाे परिवर्तन ९१ मेहार्जमा समाचार प्रमूखका रूपमा कार्यरत छन् )