समाचार

बिहानै काठमाडौंमा भूकम्पको धक्का

काठमाडाैँ, साेमबार बिहान नुवाकाेटमा भूकम्पकाे धक्का महशुस गरिएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अाज बिहान ६ बजेर ५० मिनट जाँदा नुवाकाेटकाे बिदुर अासपास केन्द्र भएर ३.८ रेक्टरस्केलकाे पराकम्प गएकाे हाे । नुवाकाेट र त्यसअासपासका क्षेत्रमा सामान्य धक्का महसुस गरिएकाे थियाे । २०७२ साल बैशाख १२ गते गएकाे बिनासकारी गाेरखा भूकम्पपछि पराकम्प जानेक्रम अहिलेसम्म […]

समाचार

म्यादी प्रहरीलाई तलब भत्तामा भेदभाव गरिएको छैन – प्रवक्ता

काठमाडौँ, नेपाल प्रहरीले म्यादी प्रहरीको तलव, भत्तामा कुनै भेदभाव नगरिएको स्पष्ट पारेको छ । आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा प्रहरी प्रवक्ता नायब प्रहरी महानिरीक्षक मनोज न्यौपानेले सबै म्यादी प्रहरीलाई पूर्वघोषित तलव, रासन र स्थानीय भत्ता सुविधा दिइसकिएको जानकारी दिँदै दिने भनिएको कुनै सुविधामा कटौती नगरिएको बताउनुभयो । उहाँले भन्नुभयो– “सबैलाई आधारभूत तलव मासिक रु १७ […]

समाचार

सरकारले दियो भाेलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि (सोमबार) सार्वजनिक विदा दिएको छ । इसाई धर्मावलम्बीहरुको पर्व ‘क्रिसमस’को अवसरमा एक महिनाअघिको मन्त्रिपरिषद्को निर्णयअनुसार पुस १० गते बिदा दिन लागिएको गृह मन्त्रालयले जनाएको छ । एक महिनाअघि सरकारले क्रिसमसका अवसरमा पुस १० गते र पृथ्वीनारायण शाहको जन्मजयन्तीमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

समाचार

राष्ट्रियसभा अध्यादेश : राजनीतिक सहमतिमा राष्ट्रपतिको जोड

– प्रकाश सिलवाल काठमाडौँ, १ पुस –  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आइसके पनि माथिल्लो संसद् राष्ट्रियसभा गठनका लागि अझै केही समय लाग्ने देखिएको छ । राष्ट्रियसभाको निर्वाचन प्रक्रियाबारे प्रमुख दलहरुबीच मतान्तरका कारण त्यससम्बन्धी अध्यादेश जारी गर्न ढिलाइ हुँदा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने या नबढाउने भन्ने विषयमा राजनीतिक र कानूनी बहस […]

समाचार

लोकतान्त्रिक विधिलाई आत्मसात गर्न नेता नेपालको आग्रह

काठमाडौँ, १ पुस – नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपाली काँग्रेसलाई लोकतान्त्रिक विधि र प्रक्रियालाई आत्मसात गरी जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न सुझाव दिनुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं २ अन्तर्गत पेप्सीकोला टाउन प्लानिङमा विजय जुलुसपछि आज आयोजित सभामा नेता नेपालले संविधान कार्यान्वयनको बाटोमा अघि बढिरहेको परिस्थितिलाई गन्जागोल नबनाई आफैले बनाएको नियमलाई पालना […]

समाचार

समानुपातिकतर्फको ७५ जिल्लाको मतगणना सकियो

काठमाडौँ, १ पुस –  गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ७५ जिल्लाको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आज एक विज्ञप्ति जारी गरीे समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत अब दुई जिल्ला सुनसरी र सर्लाहीका केही निर्वाचन क्षेत्रमा गणना जारी रहेको जनाएको हो । […]

समाचार

उनन्चास हजार ६५२ मतको अन्तरले एमाले अगाडि

काठमाडौँ, २ पुस (रासस) – पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ४९ हजार ६५२ मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ७ बजे प्राप्त जानकारीअनुसार, नेकपा एमाले ३१ लाख ६१ हजार २९५, नेपाली […]

समाचार

फुटबल प्रतियोगिता शुरु

पोखरा, २ पुस (रासस)- संगम क्लब पोखराद्वारा आयोजित छैटौँ संस्करणको संगम कप फुटबल प्रतियोगिता शनिबारदेखि पोखरा रंगशालामा शुरु भएको छ । विभागीय एक टोली सशस्त्र प्रहरी बलको एपिएफसहित २३ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टिमले रु एक लाख २५ हजार, उपविजेताले रु ६५ हजार नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । पोखरा लेखनाथ महानगरपालिका […]

समाचार

दश करोडको लागतमा मन्दिर निर्माण

रामपुर, पाल्पा, २ पुस (रासस) ः रामपुरमा भौतिक पूर्वाधारसहितको सुविधा सम्पन्न रामजानकी मन्दिर निर्माण कार्य हँुदैछ । रामचुलोको ऐतिहासिक तथा धार्मिक महत्वलाई जोगाई राख्न यहाँका स्थानीयवासीले रु १० करोडको लागतमा मन्दिर निर्माण कार्य शुरु गरेका हुन् । त्रेतायुगमा भगवान रामले वनबास जाने क्रममा रामपुर नगरपालिका– ५ को बेझाड बजार नजिकै तीन वटा ढुंगाको चुलो बनाएर […]

समाचार

प्रदेशको राजधानी कपिलवस्तु बनाउन सांसदको माग

जितपुर, कपिलवस्तु, २ पुस (रासस) – प्रदेशको राजधानी कपिलवस्तु बनाउन यहाँबाट नवनिर्वाचित प्रतिनिधिसभाका सांसद तथा प्रदेशसभाका विधायकले माग गरेका छन् । शनिबार तौलिहवामा राखिएको सम्मान तथा स्वागत कार्यक्रममा सांसद तथा विधायकले हरेक दृष्टिले प्रदेशको राजधानी कपिलवस्तु नै उपयुक्त हुने भन्दै राजधानी बनाउन जोडदार माग गरेका हुन् । भगवान् गौतम बुद्धका पिता शुद्धोधनको राजधानी तिलौराकोट रहेको […]