होसियार यस प्रकारका महिला हुने गर्छन् ज्यादै खर्चालु! खर्चालु महिला यसरि चिन्नुहोस्!

हातमा हुने रेखाहरुको हाम्रो जीवनसँग ठुलै सम्बन्ध हुन्छ भन्दै धार्मिक विश्वास रही आएको छ। यी रेखाहरूको अध्ययनले हामीलाई भविष्यका घटनाहरूको बारेमा पनि जानकारी दिने गर्छ। हरेक व्यक्तिको हातको रेखा फरक-फरक हुने गर्छ। भविष्य साथै स्वभाव थाहा पाउनको लागि हत्केलाको रेखाले सहयोग गर्ने गर्छ। आज हामी तपाईलाई महिलाको हात हेरेर कतिको खर्चालु हुन् भन्ने कुरा बताउने छौं। रेखा मात्र नभएर खर्चालु महिलामा हुन्मे केहि संकेत बताउन गईरहेका छौं।
छोटो औला भएका महिला 
धार्मिक विश्वास अनुसार छोटो औला हुने महिलाहरु खर्चालु हुने गर्छ। यदि कुनै पनि महिलाको यदि कोहि पनि महिलाको दुइ हात जोड्दा केहि खाली भाग देखिन्छ भने यस प्रकारको महिलाहरु खर्चालु साथै यस प्रकारका महिलाहरुले भविष्यमा दुख पाउने पनि गर्छन्। हाम्रो मस्तिष्कबाट संचार हुने हरेक निर्णयलाई तरंगित गर्ने काम हाम्रो हात अथवा औलाले गरिरहेको हुन्छ।
महिलाको मनोभावनालाई नियन्त्रण गर्ने हत्केलामा हुने पर्वत 
हत्केलामा हत्केलाशास्त्र अनुसार विभिन्न क्षेत्र वर्णित गरिएको हुन्छ। हत्केलाको पर्वतलाई चुंबकीय केन्द्र मान्ने गरिन्छ। त्यस कारण मष्तिस्कसंग सिधै सम्बन्ध कायम गरेर मनोभावनालाइ नियन्त्रण गर्ने हुँदा हत्केला पर्वतको छुट्टै महत्व रहने गर्छ। हस्त रेखाका अनुसार यस पर्वतको सिधा मस्तिस्कसँग जोडिने भएको हुँदा मनोकामना धेरै राख्ने महिलाहरु धेरै खर्चालु हुने हस्तरेखा शास्त्र बताउने गर्छ।
हत्केला र पाखुरा जोडिने स्थानमा हुने रेखाहरुलाई मणिबंधबाट भनिने गरिन्छ। मष्तिस्कमा शुख भोग गर्ने मनोकनामा हुने त सबैको हुन्छ। तर हातमा हुने विभिन्न पर्वतका विशेषता अनुसार खर्चालु हुने र नहुने निर्धारण हुन्छ। यदि कोहि महिलाको हत्केलमा मणिबंधबाट कुनै रेखा माथि तिर गैरहेको छ भने त्यस प्रकारको महिलाहरु आफ्नो मनोकामना पुरा गर्ने गर्छन। जसका कारण ज्यादा खर्चालु रहने कुरा हस्तरेखा विज्ञानमा उल्लेख गरिएको छ।
प्रकाशित : आइतबार, बैशाख ३०, २०७५१६:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हठ्ठी स्वभावका हुन्छन् यी राशि हुने महिलाहरु, जहिले पनि दबाएर राख्छन् आफ्नो पतिलाई !