आखाको ज्योति कम भएर चस्मा लगाउनु हुन्छ?ज्योति बढाउनको लागि खानुहोस् यी ६ खाने कुरा!

पहिलाको जमानामा बुढाबुढीको मात्रै आखाँ कमजोर हुने गर्थ्यो। तर आज-भोलि,यस्ता केहि कारण छन् जसले बच्चा र युवा पनि यो समस्याबाट पिडित छन्। यसको मुख्य कारण कम्प्यूटर, मोबाइल र टीभीमा धेरै समय बिताउनु हो। आजकाल, कम उमेरमा नै चस्मा लगाउनु पार्छ।  यसको कारण अविभाबकलाई चिन्ता पर्ने गर्छ र उनीहरु प्राकृतिक उपायहरु खोजिरहन्छन् जसबाट आखाको ज्योति बढ्छ। अब यसमा सबै भन्दा पहिले खान पिनमा ध्यान दिन जरुरी छ। यस्तो खाना खानुहोस् जसले आखाको ज्योति बढाउन मदत गर्छ। जान्नुहोस् यस्तै ६ खानाको बारेमा जसले यो समस्यालाई हटाउन सक्छ।

१. अमला

अमला आँखाको लागि वरदान हो। यसमा पाइने तत्वहरूले आँखाको ज्योतिलाई वर्षौं सम्म बढाई राख्छ।  तपाई आफ्नो खानामा काचो अमला पनि जोड्न सक्नुहुन्छ। यसबाहेक, बिहान खाली पेटमा अमालाको रस पिउनु वा अमलाको अचार खानु भएमा आँखालाई फाइदा हुनेछ।

२. बादामवाला दूध

हप्तामा कम्तिमा तीन दिन बादामवाला दूध पिउनुहोस्। यसमा भिटामिन ई पाइन्छ जसले आँखामा कुनै पनि रोगसँग लड्न सक्ने क्षमतालाई बढाउछ। यसले छालालाई नरम पनि बनाउछ। यदि तपाई चाहानुहुन्छ भने, एक चिम्टी बेसार पनि हाल्न सक्नुहुन्छ।

३. गाजर

गाजरको रस  पिउनु स्वास्थ्यको लागि राम्रो हुन्छ र यो आँखाको लागि पनि धेरै फाइदाजनक हुने गर्छ। दैनिक गाजरको रस पिउनाले आखामा लगाएको चस्मा पनि निकाल्न सक्नुहुन्छ।

४. हरियो सागपात

तपाईको खानामा हरीयो पत्तेदार सब्जिहरु समावेश गर्नुहोस्। हरियो पत्तेदार सब्जिमा धेरै फलाम हुन्छन्, जुन आँखाका लागि धेरै महत्त्वपूर्ण छ।

५. मेवा

मेवा खानाले उच्च भिटामिन दिन्छ, जसले कोलेस्‍ट्रोलाई कम गर्छ र सेलुलर झिल्लीहरूमा स्थिरता कायम राख्छ। यसका साथै, यसले आँखाको प्रयोगको लागि कलेजोबाट भिटामिन ए उत्पादन समेत गर्ने गर्छ।

६. अण्डा

अण्डामा अमीनो एसिड, प्रोटीन, सल्फर, ल्याक्टिन, लुटिन, सिस्टिन र भिटामिन बी २ हुन्छ।  भिटामिन बी सेलको काममा महत्त्वपूर्ण छ।साथै आखाको ज्योतिको लागि आवश्यक तत्व अन्डामा रहेका कारण अन्डा खानु आखाको लागि उचित रहने गर्छ।

प्रकाशित : बिहिबार, बैशाख २७, २०७५०९:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रातमा गरिने यस्ता गल्तीहरुले शरीरको तौल घट्ने हैन बढ्ने गर्छ !