यी ६ समस्याबाट मुक्त हुन सोयाबीनको प्रयोग गर्नुहोस्।

प्रत्येक दिनको काम र तनावपूर्ण जीवनका कारण हरेक व्यक्ति केही न केहि समस्याले चिन्तित हुने गर्छ। भटमास यस्ता ६ समस्याको अचुक अपाय हो जसले जराबाटै समाप्त गर्दिन्छ।  भटमासको छ वटा फाइदाहरू थाहा पाउनुहोस्।

१.चिल्लो छाला

गर्मी मौसममा तपाइहरुले पनि महसुस गर्नु भएको छ होला कि गर्मी महिनामा चिल्लो छाला हुनेहरूको लागी एकदम दिक्क लाग्दो हुने गर्छ। यदि तपाइको पनि ओइली स्किन छ भने भटमासको नियमित सेवन गर्नुहोस्। भटमासले ओइली छालामा आउने पिम्पल र अन्य छाला सम्बन्धी समस्याहरू हटाउँदछ।

२. अनावश्यक चाउरीपन

सबैको चाहना हुन्छ कि उनीहरुकोको अनुहार सधै  फ्रेश र कलिलो देखियोस। तर आजकलको खानपानले यस्ता कुराको सम्भव हुन एकदम कठिन छ। धेरैजसो मानिसहरुको अनुहार कम उमेरमै चाउरी पर्ने गर्छ। भटमासको नियमित रुपमा प्रयोग गर्नाले यस्तो समस्या थोरै समयमानै हराउने छ।

३. नङहरु बलियो हुन्छन्

महीलाहरुले नङमा अनेक थरीका नेलपोलिस लागाउने र शेप बनाउने गर्दा उनिहरुलाई नङको माया लाग्छ। त्यसकारण नङ भाचिदा चिन्ता लिने गर्छन्। भटमासको नियमित प्रयोगले नङसंग जोडिएको यस समस्यालाइ हटाउछ। साथै नङमा चमक पनि आउछ।

४. बाक्लो र चम्किलो कपाल

टुक्रिने र कपाल रफ हुने कारणले गर्दा महीला मात्र नभएर पुरुषहरु पनि चिन्तित हुने गर्छन्। यहि हाम्रो कलि युगको रहन सहनका कारण कपालमा समस्या आएको हो। यदि तपाई आफ्नो लामो,बाक्लो र चम्किलो कपाल बनाउन चाहनुहुन्छ भने आजै देखि नियमित रुपमा भटमासको प्रयोग गर्नुहोस्। भटमासमा अधिक मात्रामा प्रोटिन पाइन्छ जसले कपाललाई बाक्लो र चम्किलो बनाउन मदत गर्छ।

५.छाया-पोतोबाट छुटकारा

भटमासले शरीरको भित्रि मात्र नभएर बाहिरी समस्याको पनि हल गर्छ। भटमासको पेस्ट बनाएर अनुहारमा लगाउनाले चाया पोतो हराउछ। भटमासलाई पहीला पानीमा भिजाउनुहोस र यसलाई पिसेर धुलो बनाउनुहोस्। अब यस पेस्टलाई अनुहारमा लगाएर १५-२० मिनेटका लागी छोड्दिनुहोस्। पानीले पखाल्नुहोस अब तपाइको अनुहार सफा र चम्किलो देखिने छ।

६.कमजोरीबाट छुटकारा

यदि तपाइलाइ थोरै समय घुमफिर गर्ने बित्तिकै रिगाटा लाग्ने वा कमजोरी महसुस हुने गर्छ भने तपाइले नियमित रुपमा भटमासको सेवन गर्नु पर्छ। विश्वास गर्नुहोस् धेरै फाइदाजनक हुन्छ।

प्रकाशित : शनिबार, बैशाख १५, २०७५१७:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विद्यालयसँग सम्बन्धित यो समाचारले तपाईलाई आश्चर्यचकित पार्नेछ! भयो ठूलो खुलासा!