विद्यालयसँग सम्बन्धित यो समाचारले तपाईलाई आश्चर्यचकित पार्नेछ! भयो ठूलो खुलासा!

अध्ययनहरूले फेला पारेको छ कि जुन विद्यालयहरू ढिला शुरु हुन्छ,त्यस्ता विद्यालयहरूमा शैक्षिक र अन्य क्रियाकलापको नतिजा राम्रो आउछ। अर्कोतर्फ, जसको पढाइको समय बिहान बिहानै हुन्छ, त्यस्ता बच्चाहरु अधिक आलसी हुन्छन्।

जुन स्कूल बिहान ७ या ८ बजे नभएर १० बजे अथवा १० बजेपछी लाग्छन,त्यो स्कुलका बच्चाहरु पुरै निन्द्रा सुत्न पाउने भएको कारण बिहानै देखि पढ्ने बच्चाहरु भन्दा मानसिक रुपले निकै बलियो हुने गर्छन्। बिरामी हुनबाट पनि बच्छन्। तिनीहरु पढाइमा मन लगाउछन् र शारीरिक क्रियाकलापमा सक्रियता जारी राख्छन्।यसको अध्ययनमा यूकेको ओपन युनिभर्सिटीले दावी गरेको थियो।शोधकर्ताहरूको अनुसार, १२ र १७ वर्षका उमेरका विद्यार्थीहरूमा समावेश गरेर गरिएको एक अध्ययनले जुन स्कुल ढिलो सुरु हुन्छ त्यो स्कुलमा शैक्षिक र अन्य क्रियाकलापहरूको नतिजा अझ राम्रो छन् ।अर्कोतर्फ, जसको समय बिहान छिटै हो, त्यो बच्चाहरू अधिक आलसी छन्। कक्षामा पढाईको बेला उनको ध्यान कम छ। ती बच्चाहरु मोटोपना जस्ता रोगहरु लाग्ने सम्भाबना बढी हुन्छ ।

बिहान ८ :३० बजेभन्दा अगाडी निन्द्रा पुरा हुदैन

अनुसन्धान टोलीको प्रमुख डा.पल कैलीले भने अनुसार, विद्यार्थीहरू बिहान 8.30 बजे वा त्यो भन्दा पहिलेसम्म सुत्दै आएका हुन्छन त्यसैले स्कुल ७ वा ८ बजे जान थालेपछि उनीहरु पुरा निन्द्रा सुत्न पाउदैनन् ।यसले उनीहरुको को दैनिकीको समय नै बदलिन्छ। र उनीहरुको पढाइप्रति खासै ध्यान जान सक्दैन। १० बजे वा त्यसपछि लाग्ने  स्कूलहरूको बालबालिका राम्रो ग्रेड अंक पाउँछन्, जबकि बिहान पढ्ने विद्यालयका बालबालिका यस अवस्थामा कमजोर भएका छन् । त्यस्ता बच्चाहरु तनावबाट पीडित हुन थाले।

१२ देखि १८ वर्ष बीचका किशोरहरूलाई ८ देखि ९घण्टा निन्द्राको आवश्यकता पर्दछ

अक्सफोर्ड विश्वविद्यालयको न्यूरोस वैज्ञानिक प्रोफेसर रसेल फोस्टरले भने, “जैविक कारक अध्ययनहरूमा बताए अनुसार 12 देखि 18 वर्षका केटाकेटीले वृद्ध मानिसहरूको भन्दा अधिक सुत्न आवश्यक छ, ताकि तिनीहरूका दिमागहरूले राम्ररी काम गर्दछन्।साधारणतया वयस्कहरू सात घण्टा सुत्नु राम्रो मानिन्छ भने १२ देखि १८ बर्ष सम्मका बच्चाहरु 8 देखि ९ घण्टा सम्म सुत्नु पर्छ। विद्यालयको  शुरुवातका कारण किशोर केवल पाँच घन्टा सम्म मात्र सुत्न पाउछन्। उनीहरुका लागि यती निद्राले मात्र पुग्दैन । जब बालबालिकाहरुबाट वयस्क हुँदै जान्छ, तब उनको शरीरमा  दैनिक चक्रमा केहि घण्टाको ढिलाइ आउछ। यही कारणले उनीहरूलाई अझ सुत्न आवश्यक छ।

संसारमा अमेरिकी बच्चाहरु अनिन्द्राबाट पीडित छन्

बच्चाहरुका एक शोधकर्ता डा. गो मेड्सस भन्छन् ‘ जहाँका  स्कूलहरू बिहानै सुरू हुन्छ, त्यहाका बच्चाहरूसँग स्वास्थ्य समस्याहरू छन्, संसारभरको अनुसन्धानले फेला पारेको छ।’ उनले भने, संसारमा अनिन्द्राबाट पिडित भएका बच्चाहरुको संख्या धेरै भएको देशमा अमेरिका पहिलो नम्बरमा पर्छ भने ब्रिटेन छैटौ स्थानमा पर्दछ। अमेरिकन बच्चाहरू विश्वमा पर्याप्त निद्रा नहुनेमा  भन्दा अगाडि छन्। यस वर्षको सुरुवातमा, अमेरिकन एकेडमी अफ स्लिपले  छ कि ढिलाइ स्कूलिंगले सकारात्मक नतिजामा परिणामस्वरूप बालबालिकाको शारीरिक, मानसिक विकासमा परिणाम पाउँछ।

प्रकाशित : शनिबार, बैशाख १५, २०७५१७:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आखाको ज्योति कम भएर चस्मा लगाउनु हुन्छ?ज्योति बढाउनको लागि खानुहोस् यी ६ खाने कुरा!