पानीपुरी चपटपटे बेचेर महिनामा आधा लाख बचाउँछन् राई

[sharethis-inline-buttons]
Leaderboard Banner

सिटन पुरी
काठमाडौँ । काठमाडौँमा पानी पुरी चटपटेको ब्यवसाय गर्नेहरुले कति कमाउलान ? राजधानीका चोकचोक देखि आजभोलि ठूलाठूला सपिङ कम्प्लेक्सहरुमा समेत यसको ब्यापार छ । धेरैको जीवन चलाउने आधार मात्र होइन मनग्य आम्दानी गर्ने राम्रो ब्यवसाय पनि हो । कामलाई सानो सानो नभनेर मेहनत गर्ने हो भने धेरै सानो लगानीमा पनि धेरै आम्दानी गर्न सकिन्छ ।

यस्तै आम्दानी गर्नेमध्यका एक युवा हुन् केशब राई । चटपटे व्यसाय अंगालेर आएका स्थायी घर खोटाङ रिप्तुंग महेशोरीका ३० बर्षिया राई एक श्रीमती र दुई छोरी सहितको परिवार सुख र खुसीले पाल्दै आएका छन् । ललितपुरको बिशाल चोकमा बिगत छ बर्ष देखि चटपटे व्यापार गर्दै आएका उनले यही ब्यवसाय गरेरै मनग्य आम्दानी गर्न सफल भएका छन् ।

दिनमा १२ हजारकाे ब्यापार 

उनले दैनिकी रुपमा चटपटे, पानीपुरी, दहीपुरी, आलुनिम्की, बिक्रि गरे बापत नियमित रुपमा १० हजार देखि १२ हजार सम्म को बिक्रि गर्दै आइरहेका छन् । यसरी कमाएको पैसाले उनले ६० प्रतिशत रकम अर्को दिनको लागि छुट्याउँछन् भने बाँकी बचत गर्ने गरेको बताउँछन् । सरकारी अधिकृत सरह उनले राम्रो कमाइ गर्छन् । उनको कमाई महिनामा कम्तिमा पनि ५०/६० हजार हुन्छ ।

उनले चटपटे व्यापारको आम्दानीबाट छोरी र दुइ भाई, बहिनीलाई पढाउदै आईरहेका छन । बिहान चार बजे उठेर चटपटेमा चाहिने आबस्यक सामग्रीहरु आफैले बनाउछन् । उनलाई श्रीमतीले पनि साथ दिँदै आएकी छिन् ।

दिउँसो बाह्र बजेदेखि बेलुकाको नौ बजे सम्म उनको पसल अगाडी चटपटे खानेहरुको ओइरो नै लाग्ने गर्छ । उनलाई चटपटे बनाउदा भ्याईनभ्याई हुन्छ । राइको पसलमा प्रतिप्लेट चटपटे ५० रुपैयाँ, दहिपुरी ८० रुपैयाँ, पानीपुरी ५० रुपैयााँ, आलुनिम्की ६० रुपैयाँमा पर्छ ।

उनका कोहि–कोहि ग्राहक त अझ चटपटेको लागि आफ्नो पालो पर्खन घन्टौ बेर सम्म कुर्न तयार हुन्छन । कोही उनका ग्राहक धेरै टाढा देखि पनि चटपटेको स्वादको लागि आउने गरेका पनि छन् । यसरी दिनहु चटपटे बेच्ने उनको दिनचर्या बनिसकेको छ । सानो काम गर्न लजाउने अझै हाम्रो समाजको लागि एक उदाहरणीय बनेका छन् ।

राईको संघर्ष, बाध्यताले पढाइ छोडेर ब्यवसाय

बैदेशिक रोजगारको लागि विदेशिने क्रम नेपाली दाजुभाई, दिदिबहिनीहरुमा बढ्दो रुपमा छ । तर नेपालमै बसेर केही गर्छु भन्ने सोच लिएका केशब राई समाजमा एक उदाहरण बनेका छन् । उनी आफु परिवार को जेठो छोरो भएको कारण १२ कक्षा सम्म बिज्ञान बिषय लिएर पढे तर घरको आर्थिक स्थीति कमजोर भएको कारण परिवार चल्न गाह्रो भएपछि उनले यो व्यबसाय सुरु गरेका हुन ।

यस अघि उनले गाडामा चटपटे लिएर चोक–चोक लिएर हिड्थे अलिकपछि उनले यो व्यबसायबाट फाइदा भएकोले आफैले चटपटे पसल सुरु गरे । उनी भन्छन “चटपटे व्यापारले मलाई राम्रो फाइदा भएको छ घरपरिवार हेरेर छोरि भाई, बहिनीलाई पढाएर आफ्नो पसलको र कोठाको भाडा तिरेर दिनको २००० बचत गर्दै आइ रहेको छु । अर्काको देशमा गएर मेहनतको पसिना बगाउनु भन्दा लाज नमानी थोरै लगानी गरेर भए पनि आफ्नै देशमा केहि गर्छु्र ।”

“नराम्रो काममा लाग्नु हुँदैन, चोरेर खानु हुँदैन, ठग्नु हुँदैन आफूमा इमान्दारिता साथ र मेहनत साथ काम गरे आफ्नै देश्मा राम्रो आम्दानी गर्न सकिन्छ्र” बिगुल न्यूजसँग उनले भने, “यो काम त्यो काम भनेर कामलाई दोष दिनु भन्दा बरु कामलाई सम्मान गरेर जुन काममा आफ्नो इच्छा र सिप छ त्यो काममा मेहनत गर्न सके काम सानो ठूलो नभने फाईदा हुन्छ ।”

प्रकाशित : बुधबार, पुष १९, २०७४१६:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कोहलीलाई चुनौती