राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोपपछि पाकिस्तानले अमेरिकी राजदूतलाई दियो तलब!

[sharethis-inline-buttons]
Leaderboard Banner

एजेन्सी, पाकिस्तानको वैदेशिक मन्त्री ख्वाजा आसिफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको आरोपमा दुख व्यक्त गर्दै  सोमवार राति अमेरिकी एम्बेसडरलाई तलब दिएका छन् । नयाँ वर्षको पहिलो दिन नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानमाथि आरोप लगाउदै यस्तो भने, ‘आतंकवादी खतम गर्नमा मद्दत गर्छु भनेर हालसम्म अमेरिकाबाट  १५ वर्षमा करिब २ लाख करोड रुपयाँ भन्दा पनि धेरैको मद्दत लि सकेको छ।’  तर यसको बावजूद पनि पाकिस्तानले अमेरिकालाई धोका दिदै आएको छ भनेर ट्रम्पले आरोप लगाएका थिए ।

अमेरिकी दूतावासले आफ्नो राजदूत डेविड हेललाई पाकिस्तान विदेश मंत्रालयमा कल गरेको पुष्टि गरेको छ। पाकिस्तानको विदेश मंत्रालयले सोमवार राति करिब ९ बजे डेविड हेलीलाई तलब दिएका थिए । पाकिस्तानको फरेन सेक्रेटरी तहमीना जंजुआले डेविडलाई भने कि ,’पाकिस्तान प्रेसिडेन्ट ट्रम्पले लगाएको आरोपमा सफाई चाहन्छ ।

प्रकाशित : बुधबार, पुष १९, २०७४१३:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

व्याननले मानसिक सन्तुलन गुमाएको भन्दै राष्ट्रपति ट्रम्पले गरे यस्तो टिप्पणी