अजय देवगनको मराठी चलचित्र ‘आपला मानूस’ को पहिलो पोस्टर यस्तो देखियो!

[sharethis-inline-buttons]
Leaderboard Banner

एजेन्सी, बलिउडका चर्चित अभिनेता अजय देवगन मराठी चलचित्रबाट प्रोडक्शनमा आफ्नो करियर शुरु गर्ने प्रक्रियामा लागेका छन् ।  अजय देवगन मराठी चलचित्र ‘आपला मानूस’ लाई प्रोड्यूस गर्दै देखिने छन् । यसै बीच चलचित्रको पहिलो पोस्टर रिलीज गरिएको छ । पोस्टरमा नाना पाटेकर पानीमा रोयल एनफील्डमा देखिएका छन् । पोस्टरमा नाना पाटेकरको लुक्स निकै सीरियस देखिएको छ । पोस्टरमा लेखिएको छ ‘हा सैतान बाटलीत मावनार नाय’ जसको मतलब ‘यो व्यक्ति रक्सीबाट सन्तुष्टि हुने छैन’ ।

यो चलचित्र अर्को वर्ष ९ फेव्रुअरीमा रिलिज गरिनेछ । सतीश रजवाड़ेको निर्देशनमा बनिरहेको यो चलचित्रमा बलिउडको अन्य चर्चित कलाकार पनि देखिने छन् । चलचित्रमा अभिनेता नाना पाटेकर, सुमीत राघवन र इरावती हरषेको मुख्य रहनेछ । अजय देवगनले भिडियो मार्फत मराठी चलचित्रमा डेब्यूको सूचना दिएका थिए । भिडियोमा अजय देवगनले मराठी भाषामा आफ्नो प्रेम व्यक्त गरेका छन् । उनको यस चलचित्रले अब कस्तो व्यापार गर्छ भने हेर्न बाकी नै रहेको छ ।

प्रकाशित : बुधबार, पुष १९, २०७४१६:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कुनै समय स्टुडियोबाट धक्का मारेर निकालिईएका सलमानको जिवन कहानी यस्तो छ…