२०१८ मा हुदैछ ठुलो महासंग्राम: यी ३ चलचित्रको भिडन्त हुने!

[sharethis-inline-buttons]
Leaderboard Banner

एजेन्सी, नयाँ वर्ष २०१८ मा बलिउडको सबैभन्दा ठुलो महासंग्राम अप्रिल महिनामा हुन गईरहेको छ । अप्रिल महिनामा बलिउडको ठुलो चलचित्र रिलिज हुन गईरहेको छ । जसको बीच धमाकेदार टक्कर हुनेछ । अप्रिलमा मेघास्टार रजनीकांत र अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित चलचित्र ‘2.0’ रिलिज हुदैछ भने यस चलचित्रलाई टक्कर दिनको लागि अरु २  चलचित्र पनि आउने भएको छ ।

ती मध्ये सबैभन्दा पहिलो नाम हो अभिनेता टाइगर श्राफको चलचित्र ‘बागी 2’ , टाइगर श्राफ र दिशा पटानीको चलचित्र ‘बागी 2’ यहि वर्ष २७ अप्रिलको दिन रिलिज हुनेछ । यस चलचित्र मार्फत पहिलो पटक दिशा र टाइगर एक साथ आएका छन् । यस चलचित्रलाई  कोरियोग्राफर अहमद खान डायरेक्ट गरिरहेका छन् । साथै क्वीन कंगना पनि बक्स अफिसमा २७ अप्रिलको दिन बोल्न आउदै छिन् । कंगनाको प्रतिक्षित  चलचित्र “मणकर्णिका- द क्वीन अफ झांसी” पनि यसै दिन रिलिज हुने भएको छ ।

कंगनाको पछिल्लो समय देखि चलचित्र लगातार फ्लप रहेको थियो । २०१७ उनको लागि नराम्रोसँग बिते पनि २०१८ भने उनको लागि राम्रो साबित हुनसक्छ । अब यस २७ अप्रिलमा कुन चाही चलचित्रले बक्स अफिसमा आफ्नो स्थान उच्च राख्छ भने हेर्न बाकि नै रहेको छ ।

प्रकाशित : मङ्गलबार, पुष १८, २०७४१९:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रेखाको सौन्दर्यप्रति पागल भए यी अरबपति, भिडियो सेयर गरेर खोले मनका कुरा!