महिनादिनमै ४/४ पटक मूल्यवृद्धि: विरोधमा उत्रियो अनेरास्ववियू, आजै दिउँसो १ बजे मुर्दा जुलुस !

[sharethis-inline-buttons]
Leaderboard Banner

काठमाडौं, १८ पुस । देशकै पहिलो पार्टी नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि बिरोधमा प्रदर्शन गर्ने भएको छ ।

नेपाल आयल निगमले हिजो मात्रै महिनादिन पनि नवित्दै चौथोपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको हो । निगमले मूल्यवृद्धि गरेलगत्तै नेकपा एमाले निकट  विद्यार्थीहरु विरोधमा उत्रिएका छन्  ।

उनीहरुले एक महिनामा ४ चोटी सम्म मूल्यवृद्धि गरेर गरिब जनताको ढाड सेक्ने काम नगर्न भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न देउवा सरकारको ध्यानाकर्षण गराएको छ।  साथै उनीहरुले ताजा जनादेशलाई लत्याउदै अहिलेसम्म समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक गर्न ढिला गरिरहेको निर्वाचन आयोगलाई दबाब दिन अनेरास्ववियु केन्द्रिय कमिटीले मुर्दा जुलुसको समेत आयोजना गरेको संगठनक सचिव आरसी लामिछानेले बिगुल न्यूजलाई जानकारी दिए ।

उनका अनुसार मुर्दा जुलुस आज दिउँसो १ बजेदेखि त्रिचन्द्र कलेजबाट सुरु हुनेछ ।

प्रकाशित : मङ्गलबार, पुष १८, २०७४१४:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ओलीको रु २४ लाख र सिटौलाको रु २३ लाख निर्वाचन खर्च !