ट्र्याक्टरको ठक्करबाट दीपराजका छोराको मृत्यु

[sharethis-inline-buttons]
Leaderboard Banner

कपिलवस्तु, १८ पुस । महाराजगञ्ज नगरपालिका– ५ इटरोलमा ट्र्याक्टरको ठक्करबाट आज बिहान ८ बजे पन्ध्रमहिने बालकको ज्यान गएको छ ।

इरटोल निवासी दीपराज अहिरका छोरा नवराजको मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । घरमा खेलिरहेको बालक सडकमा निस्कने क्रममा लु३त ६१२४ नंको ट्र्याक्टरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्र्याक्टरका चालक फरार छन् भने ट्र्याक्टर प्रहरीको नियन्त्रणमा छ । शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरी निरीक्षक सुवासचन्द्र गैरेले जानकारी दिनुभयो ।

– [ फाईल फोटो ]

प्रकाशित : मङ्गलबार, पुष १८, २०७४१२:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुर्घटनाको विषयले उग्ररुप लिएपछि अश्रुग्यास प्रहार गरी बाटो खुला गरियो !