राखी सावन्तको हट फोटो सार्वजनिक: सामाजिक संजालमा भईन ट्रोल!

[sharethis-inline-buttons]
Leaderboard Banner

एजेन्सी, राखी सावन्त जब सोशल मीडियामा आफ्नो तस्वीर या भिडियो शेयर गर्छिन तब उनि हरेक पटक चर्चामा आउने गर्छिन  । नयाँ वर्ष २०१८ को शुरुवातमा  नै एक बोल्ड तस्वीरले उनि ट्रोल बनेकी छिन् । वास्तवमा राखीले नयाँ वर्षको मौकामा आफ्नो एक बिकिनी फोटो शेयर गरेकी थिईन । जसमा उनि रातो र कालो रङको प्रिन्टेड स्विमसूट निकै बोल्ड अवतारमा देखिएकी थिइन् ।

राखी सावन्तलाई  बिकिनी ड्रेसमा पूल साइटमा बसेर  चस्मा लगाएर बसेको देखिन्छिन् । तर उनको केहि फ्यानहरुलाई भने उनको यो अवतार  राम्रो  नलागेको भारतीय संचार माध्यमले जनाएको छ ।  धेरैले राखीको तस्वीरमा अश्लील र नराम्रो कमेन्ट गर्न शुरु  गरेका छन् । २३ घण्टा भित्र यस तस्वीरलाई ५ हजार भन्दा पनि धेरै लाइक आएको छ ।

कमेन्ट बक्समा  धेरैजसो मानिसहरुले नराम्रो कमेन्ट गरेका छन् । एक यूजरले राखीलाई घोडा समेत भनेको छ । उनले लेखेका छन् कि घोडा पानी खाएर बाहिर निदाएको जस्तो छ । साथै दोस्रो यूजरले ‘ बाकि सबै ठिक छ तर स्विमसूट थोरै टाइट भएको छ । ‘ र  अर्को यूजरले लेखे,’ ‘तस्वीर देखे पछि मलाई उल्टी गर्न मन लाग्यो । ‘ लगाएतको कमेन्टहरुले गर्दा राखी प्राय: आफ्नो तस्वीरहरुमा ट्रोल हुने गरेकी छिन् ।

 

प्रकाशित : मङ्गलबार, पुष १८, २०७४१२:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आश्माको ट्याटुले युट्युबमा राख्यो यस्तो कीर्तिमानी – [भिडियो सहित]