फेरी विवादमा तानिईन सारा अलि खान, यस्तो छ कारण

[sharethis-inline-buttons]
Leaderboard Banner

एजेन्सी, सैफ अली खानकि छोरीले अहिले बलिउड  प्रवेश राखेकी छैनन् तर हरेक दिन उनको कुनै न कुनै शकिंग कुराहरु चर्चामा आउने गरेको छ । कहिले सारा अली खानलाई आफ्नो डेब्यू चलचित्र केदारनाथको सेटमा ट्यान्टरम देखिन्छिन त कहीले बलिउडमा डेब्यू भन्दा पहिले साराले आफ्नो फीस बढाएको भनेर खबर आउछ । केहि महिना पहिले सारा आफ्नो साथी रिहा चक्रवर्तीसँग मुम्बईको एक सलूनमा हेयर स्टाइलिंग गर्नको लागि पुगेकी थिइन् ।

साराले त्यहाँ पनि निकै नाटक  गरेकी थिइन् । त्यस रात उनको मेकअप, किनमेल पश्चात जब कार्डबाट पेमेन्ट गर्न लागेकी थिइन् तब त्यहाँको सपिङ्ग मेसिनले उनको कार्डलाई एक्सेप्ट नगरेपछि साराले यस कुरालाई लिएर सैलूनवालासँग वादविवाद गरेकी थिइन् । अब फेरी साराको अर्को खबर आएको छ । साराको बेस्ट फ्रेन्ड र एक्ट्रेस रेहा चक्रवर्तीसँग केहि दिन अघिसम्म राम्रो मित्रता थियो । दुवै जना जिममा एक साथ वर्कआउट गर्थे । सारा र रेहा एक साथ पार्टी गर्नको लागि निस्किएका थिए तर पछिल्लो केहि दिन देखि उनिहरुको बोलचाल बन्द भएको छ । साराले आफ्नो बेस्ट फ्रेन्ड नेहासँग झगडा गरेकी छिन् । झगडा गर्नुको खास कारण त खुलेको छैन तर बलिउडमा आउनु अघि नै यस्तो हर्कतले बलिउडमा आईसकेपछि निकै कन्ट्रोभर्सि  गर्ने अनुमान गरिएको छ ।

प्रकाशित : मङ्गलबार, पुष १८, २०७४१४:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२०१८ मा हुदैछ ठुलो महासंग्राम: यी ३ चलचित्रको भिडन्त हुने!