आखिर किन रक्सी पिएपछि कुनै पनि भाषामा कुरा गर्न सजिलो हुन्छ? यस्तो छ कारण!

साथीहरूसँग तपाई पनि पार्टी गर्नुहुन्छ होला।  विशेषगरी कतिपयको  पार्टी रक्सी बिना अधुरो हुन्छ। सबै साथीहरू रक्सी पियर मस्त रक्सीको नशामा हुदा उनीहरुको बोल्ने हाउभाउ वा बोल्ने शैलि नै फरक र रोचक खालको हुन्छ। तपाईले पनि याद गर्नु भएको छ होला । धेरैजसो मानिसहरू रक्सी खाएपछि अंग्रेजी वा कुनै विदेशी भाषा  बोल्न थाल्छन्। रक्सीको नशामा जो पनि हावा बोल्ने र रोमान्टिक हुने गर्छन्। यहि त हो पार्टीको मतलब र पार्टीमा हुने घटना। तर आज हामी तपाईलाई केहि रोचक चीजहरू बताउदैछौ, जुन कुरा सुनेर तपाई अचम्म र आश्चर्य चकित पर्नुहुनेछ।

मनोविज्ञान जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार थोरै मात्रामा रक्सीको सेवन गर्नाले नयाँ भाषा बोल्ने सम्भावना बढाउँछ। यस अनुसन्धानका लेखकहरूले ५०  जर्मनी मान्छेहरुलाई स्वयंसेवकको रूपमा प्रयोग गरे। तिनीहरू सबै होल्यान्डको विश्वविद्यालयमा पढिरहेका  थिए र  यहाँको क्लास डच भाषामा भैरहेको छ। जो अनुसन्धानमा भाग लिएका थिए उनीहरुले भने कि उनिहरुले कुनै न कुनै अवसरमा रक्सी पिएका छन्। यी सबै मानिसहरूले भर्खरै डच परीक्षण पनि पास गरेका छन्।

यस अध्ययनको अनुसार, प्रत्येक स्वयंसेवकले २  मिनेटसम्म अन्तरबार्ता लिने एउटा मान्छेसँग डच भाषामा कुराकानी गर्नु पर्दछ। ती मध्य आधी मान्छेलाई अन्तरवार्ता लिनु भन्दा पहिले रक्सी दिइएको थियो र बाँकी मानिसहरूलाई पानी दिइएको थियो। मानिसहरूको शारीरिक संरचना अनुसार रक्सी दिईएको थियो। उदाहरणको लागि १५०  पाउण्डको एक व्यक्तिलाई एक पोइन्ट बियर दिइएको थियो।

यसपछि, यो कुराकानीलाइ डचमा प्रमुख दुई व्यक्तिहरूले विश्लेषण गरे। खासगरी ती दुइ बिश्लेषकलाइ अन्तरबार्ता भन्दा पहिले कसलाई पानी दिएको छ र कसलाई रक्सी दिएको छ भन्ने थाहा थिएन। त्यसपछि स्वयंसेवकहरू आफैले उनीहरूको प्रदर्शनको मूल्याङ्कन गर्न आग्रह गरे। जसले रक्सी खाएका थिए उनीहरुलाई आफ्नो प्रदर्शनमा कुनै फरक परेन। यद्यपि डच भाषाका प्रमुखहरुले विश्वास गरेका थिए कि  जसले रक्सी खाएका छन् उनीहरु अरूले भन्दा राम्रोसँग डच भाषा उच्चारण गर्ने सन्दर्भमा अरूले भन्दा राम्रो गरे । यी मानिसहरूका अनुसार जसले रक्सी पिएका थिए उनीहरुले पानि पिउनेको भन्दा राम्रो प्रतिक्रिया दिए।

तर त्यहाँ केही भ्रमहरू पनि छन्। वैज्ञानिकहरूले भन्छन् कि धेरै रक्सी पिउनाले यसको उल्टो असर पनि हुनसक्छ र भाषालाइ राम्रोसंग उच्चारण गर्न सकिँदैन। यसबाहेक यो पनि स्पष्ट थिएन कि यस अध्ययनमा भाग लिएका व्यक्तिहरुको भावना र तनाव स्तर कस्तो थियो।किनकि यी कारणहरूले कुनै पनि व्यक्तिको प्रदर्शनलाई असर गर्न सक्छ। शोधकर्ताहरूले भन्छन् कि यसको प्रयोगलाई अन्य तरीकाबाट पनि हेर्नु पर्दछ। ताकि यससंग जोडिएको असर देख्न सकियोस्। यस बाहेक शोधकर्ताहरूले विश्वास गर्छन् कि थोरै मात्रामा रक्सीको प्रयोग गर्नाले भाषा बोल्न मद्दत गर्ने अधिक सम्भव हुन्छ ।

प्रकाशित : मङ्गलबार, पुष १८, २०७४१७:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता छन् दाह्री पाल्नुको फाइदाहरु