अनमोलको बहुप्रतिक्षित चलचित्र ‘कृ’ दमकेदार क्लव गीत रिलिज [भिडियो]

[sharethis-inline-buttons]
Leaderboard Banner

काठमाडौँ । युवा स्टार नायक अनमोल केसीको बहुप्रतिक्षित चलचित्र ‘कृ’ ट्रेलर पनि एउटा डान्सिङ्ग नम्बर गीत ‘यति यति पानी’ सार्वजनिक भएको छ।

यस गीतको भिडियो क्लब डेजा भूमा छायांकन गरिएको हो।  उक्त गीतमा तीनसय भन्दा बढीले कोरसले नृत्य  गरेका छन् । नायक केसी पहिलो पटक क्लव गीतमा डान्स गरेको उनका सुभाचिन्तकले हेर्न पाउने भएका छन्।  अल्मोडा राना उप्रेतीको कम्पोज रहेको उक्त गीतमा स्वर पनि स्वयम अल्मुडा र  मिस्टर आरजेको रहेको छ ।

 सुरेन्द्र पौडेलद्वारा निर्देशित चलचित्रको निर्माण भने सुवास गिरीको रहेको छ । चलचित्रमा भारतकी चर्चित मोडल अदिती बुढाथोकीसँग अनमोलले अनस्क्रिन रोमान्स गरेका छन् । अदिती नेपालकै चेली हुन् , उनि अहिले भारतमा आफ्नो करियर स्थापित गर्न मेहिनत गरिरहेकी छन्। उनि सोसियल मिडियामा भने अनमोल भन्दा निकै चर्चित छिन्   यो चलचित्र माघ को २६ गते रिलिज हुँदैछ।

हेर्नुहोस्, भिडियो: 

प्रकाशित : सोमबार, पुष १७, २०७४१९:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राखी सावन्तको हट फोटो सार्वजनिक: सामाजिक संजालमा भईन ट्रोल!