राजिनिकान्तले गरे राजनीतिमा छिर्ने घोषणा

[sharethis-inline-buttons]
Leaderboard Banner

काठमाडौ । बलिवुड सुपरस्टार रजनीकान्तले आफ्नै छुट्टै पार्टी खोलेर राजनीतिमा आउने घोषणा गरेका छन ।जुन अब हुन लागेकोविधानसभा चुनाव मा सहभागी हुनेछ ।

उनले एक सभालाई सम्बोधन गर्दै राजनिति गर्नु आफ्नो कर्तव्य रहेको बताएका छन । उनले पछिल्लो समयमा तमिलनाडुको अवस्था एकदम नाजुक रहेका ेर भ्रष्टाचार बढिरहेको भन्दै यसलाई कम गर्न आफुले पार्टी खोल्न लागेको बताएका छन ।उनका सर्मथकको बाक्लो उपस्थिति रहेको सभामा उनले भने ः संक्रमणमा रहेको यस्तो बेलामा म राजनितिमा आइन भने यो मेरो लागी लाजको विषय हुनेछ , किनकी यो कुनै चलचित्र होइन, सत्य हो ।

पछिल्लो समयमा जयललिताको अनुपस्थितिमा तमिलनाडुको अवस्था एकदम खराव भएको भन्दै उनका सर्मथकले राजनितिमा आउन आग्रह गरीरहेका थिए । ६७ वर्षिय रजनिकान्तले आउदो विधानसभामा भाग लिदै जयललिताको अनुपस्थितिलाई पुरा गर्ने निर्णय गरेका छन । उनले आउदो २०२१ मा हुन लागेको चुनावमा तमिलनाडु का २३४ सिटमा सहभागी हुने दावी गरेका छन ।
जयललिताको मृत्यु पछि तमिलनाडुको राजनीतिमा एक खालीपन पैदा भएको छ। जयललिताको तमिलनाडुमा ठुलो वर्चव्स रहेको थियो जो सजिलै पुरा गर्न सकिने स्थितिमा छैन ।

जयाको मृत्यु पछि एआईएडीएममा भित्रभित्रै गुटहरु सिर्जना भएकोले पार्टीको अवस्था नाजुक रहेको आशंका गरीदै आएको छ ।

प्रकाशित : आइतबार, पुष १६, २०७४१२:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

त्रिविले ४३औँ दिक्षान्त समारोह मनाउदै, आठ हजार विद्यार्थी दिक्षित