उम्मेदवारलाई निर्वाचन खर्च बुझाउन आयोगको निर्देशन

[sharethis-inline-buttons]
Leaderboard Banner

काठमाडौ । प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको खर्च तत्काल बुझाउन आयोगले उम्मेदवारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७२ को दफा ७२९४० अनुसार निर्वाचनको परिणाम प्राप्त भएका मितिले ३५ दिनभित्र खर्च विवरण बुझाइसक्नु पर्ने व्यवस्था छ । तर निर्वाचनको तिनसाता बितिसक्दा पनि उम्मेदवारले कुनै चासो नदेखाएपछि आयोगले सुचना प्रकाशित गरेको हो ।

निर्वाचन ऐनका अनुसार सम्वन्धित जिल्ला तथा क्षेत्रीय निर्वाचन कार्यालयमा वा आयोगले तोकेका ठाँउमा कुल खर्च बुझाउनु पर्ने उल्लेख छ । आयोगका अनुसार प्रतिनिधिसभा प्रत्यक्ष तर्फभाग लिएका उम्मेदवारले २५ लाख र प्रदेशसभाका लागि १५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था छ।

त्यस्तै समानुपातिकतर्फ प्रतिनिधिसभा तर्फका उम्मेदवारले दुई लाख र प्रदेशसभाका उम्मेदवारले एक लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरीएको छ ।

प्रकाशित : आइतबार, पुष १६, २०७४११:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राजिनिकान्तले गरे राजनीतिमा छिर्ने घोषणा