जब रामचन्द्र पाैडेललार्इ प्रचण्डले कामरेड भने ….. (भिडियाे सहित)

[sharethis-inline-buttons]
Leaderboard Banner

काठमाडौं । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थायीत्व कायम गरी मुलुकलाई सम्वृद्धिको बाटोमा उन्मुख गराउने विषय वाम गठबन्धन सरकारका लागि अग्नि परीक्षा भएको बताएका छन्। शनिवार काठमाडौंको सभागृहमा अायाेजित नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको ‘नेपाल नवनिर्माण महाअभियान’ नाम पुस्तक विमोचना कार्यक्रम लार्इ सम्बाेभन गर्दै पचण्डले अबकाे लक्ष्य मुलुककाे राजनीतिक स्थायित्व र स्थायी सरकार भएकाे बताए ।

उनले नेपाली कांग्रेसले अाफूलार्इ प्रधानमन्त्रीकाे अफर गर्नु बाम गठबन्धनलार्इ टुटाउनकाे लागि मात्र भएकाे धारणा ब्यक्त गरे । उनले भने ‘बाम गठबन्धनको बहुमत रहेको छ ।   विकास गर्ने संकल्प गरेको छ । तर, गठबन्धनलाई तोड्न थुपै प्रयास भएका छन्’, कांग्रेसतर्फ इंगित गर्दै ओलीले भने, ‘ त्यो काम लाग्दैनन् । हामीले राष्ट्र निर्माणमा हाम्रो दायित्व, हाम्रो काँधमा अभिभारा, जनताले सुम्पेको जिम्मेवारी अगाडि र चुनौति देखेका छौं ।’

उनले अगाडि भने, ‘हामी बटारिएर गजबको बाटो हिँड्दैनौं , कतिपयले प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री हुनु भनेका छन्। उहाँलाई मायाँ  गरेर यसो भनेका होइनन् । तिनीहरुले देश बनाउन खोजेका होइनन् ।  देश बिथोल्न खोजेका हुन् ।  यो बिथोल्न सम्भव छैन ।  हामी थुप्रै अनुभवसहित आएका छौं  । जनताले हैसियत दिएका छन् ।’

देशकाे समसामयिक राजनीतिक विषयमा बाेलेपछि प्रचण्डले पुस्तकका बारेमा चर्चा शुरू गरे । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेलपछि बाेलेका उनले भूलबस रामचन्द्र पाैडेललार्इ पनि कमरेड नै भनेर सम्बाेधन गरे ।

‘यस अघि भनिसक्नु भएको छ कमरेड रा…..’ प्रचण्ड बीचमै रोकिए । उनी सबैसँग माफी माग्दै ‘सरी…’ भने । मञ्चमा गलल्ल हाँसाे फैलियाे ………

एकछिन राेकिएर फेरी उनले मन्तब्यलार्इ अगाडि बढाए । ‘नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले……’

हेर्नुस भिडियाे …..

प्रकाशित : शनिबार, पुष १५, २०७४१७:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन १३ दलका २ सय २० समानुपातिक सांसद (सूचीसहित)