माघ १७ गते बाट चन्द्रौटामा महोत्सव

[sharethis-inline-buttons]
Leaderboard Banner

अशोक पोख्रेल
कपिलवस्तु । चौथो चन्द्रौटा कृषि प्रयटन तथा औधोगिक व्यापार महोत्सव यहि माघ १७ गते देखि २८ गते सम्म हुने भएको छ । विगत ४ बर्ष यता कपिलवस्तुको चन्द्रौटामा समग्र जिल्लाको कृषि प्रवद्धन, प्रयटन प्रवद्धन र व्यापार प्रवद्धन लाई मध्यनजर गर्देै विभिन्न संघ संस्थाहरुले महोत्सवको आयोजना गर्दै आएका छन ।

२०७१ साल देखि चन्द्रौटामा महोत्सव संञ्चालन हुदै आएको छ , जसमा प्रथम वर्ष होटल तथा रेष्टुरेन्ट व्यवसायि संघ कपिलवस्तु, दोस्रो वर्ष उद्योग वाणिज्य संघ चन्द्रौटा , तेस्रो वर्ष व्यापार संघ कपिलवस्तुल र विभिन्न संघ संस्थाको सहयोगमा महोत्सव सम्पन्न भएको थियो भने यस वर्ष पुनः उद्योग वाणिज्य संघ चन्द्रौटाले महोत्सव संञ्चालन गर्ने उ्रद्योग वाणिज्य संघ चन्द्रौटाका अध्यक्ष जमसेर अलि मियाले बताउनु भयो ।

प्रकाशित : शनिबार, पुष १५, २०७४१६:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एमाले नेताको अगुवाईमा मोसो र जुत्ताको माला लगाएर गाउँ निकाला !