र्इपील कृकेटमा बिराटनगरकाे राेमाञ्चक जित, १ रनले भैरहवा पराजित

[sharethis-inline-buttons]
Leaderboard Banner

काठमाडाैँ । एभरेष्ट प्रिमियर लिग(ईपीएल)को फाइनल खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले राेमाञ्चक जित हात पारेकेा छ । अाज भएकाे फाइनल खेलमा शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा ग्लाडियटर्सलाई १ रनले जितेकाे हाे ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर विराटनगरले व्याटिङ रोजेको थियो । विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएकाे थियाे। जवाफी ब्याटिङ गरेकाे भैरहवाले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १४८ रन बनायो । जम्मा १ रनले बिराटनगरले नाटकीय रूपमा खेल जित्लै च्याम्पियन बनेकाे हाे । विजेता विराटनगर वारियर्सले ट्रफीसहित २१ लाख पुरस्कार पाउनेछ । म्यान अफ द फाइनल विराटनगरका कप्तान पारस खड्का चुनिएका छन् ।

प्रकाशित : शनिबार, पुष १५, २०७४१५:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माघ १७ गते बाट चन्द्रौटामा महोत्सव