जब फेसबुकमा लभ: परेर होटलमा भेट्न जाँदा तब केटा उड्यो होस-हवास

[sharethis-inline-buttons]
Leaderboard Banner

काठमाडौँ । सामाजिक सञ्जाललाई फेसबुकलाई सदुपयोग गर्न सकियो भने वरदान सावित हुन सक्छ तर यहि चिजलाई खेलवाड गर्दै दुरुपयोग गर्दा निकै ठूलो अभिसाप पनि बन्न बेर लाउँदैन। हामीले फेसुकले कैयौं परिवारको घर जोडिएको पनि देखेका छौँ अनि उजाडिएको पनि।

एउटा यस्तै घटना घटेको छ अरवको  कुबेतमा। जहाँ, फेसबुककै एक परिवार उजाडिएको छ। कुवेत निवासी एक व्यक्तिलाई युवतीको फ्रेण्ड रिक्वेस्ट आयो । उनले हत्त न पत्त स्वीकार पनि गरे । दुवैबीच लामो प्रेम वार्तालाप भयो। कुरा हुँदाहुँदा होटलमा भेट्ने तहसम्ममा कुरा पुग्यो ।

पूर्वनिर्धारित योजना अनुसार, दुवै जना खुसीसाथ होटलमा भेट्न पुगे । भेटका लागि युवक बढी नै खुसी देखिन्थे । त्यसैले उ निकै जोशका साथ होटल पुग्यो । तर, उसको जोश र होस त्यतिबेला उड्यो जतिबेला उनकी फेसबुक गर्लफ्रेण्ड अरु कोही नभएर आफ्नी श्रीमती निस्किइन्। श्रीमान कुनै फेसबुक फ्रेण्डसँग डेटिङ गर्न चाहेको आशंका श्रीमतीले नै यो बहाना रचेकी थिइन् ।

त्यसैले उनले फेसबुकमा नक्कली नाममा खाता खोलिन् र आफ्नै श्रीमानलाई इन्भाइट गरिन् । जुन श्रीमानले पनि तत्काल स्वीकार गरे । तर, होटलमा आफ्नै श्रीमतीलाई देखेर युवक असिनापसिना भए । दुवैबीच झगडा हुन थाल्यो। घटना प्रहरीसम्म पुग्यो । अहिले श्रीमती आफ्नो श्रीमानसँग सम्बन्ध विच्छेद गर्ने तयारीमा लागेकी छन्।

प्रकाशित : शनिबार, पुष १५, २०७४११:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अध्यादेश पारित भएपछी सरकार छोड्ने बताएको काँग्रेसले अझै सरकार छोड्ने छाँट देखाएन !