इपिएलको उपाधि भिडण्त अाज : विराटनगर Vs भैरहवा

[sharethis-inline-buttons]
Leaderboard Banner

काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) को उपाधिका लागि विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटरबीच अाज प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल विहान ११ बजेदेखि सुरु हुनेछ।

विराटनगरकाे टीम राष्ट्रिय टाेलीका कप्तान पारस खड्काले सम्हाल्ने छन् भने  भैरहवाका कप्तान शरद भेषावकर  छन् । दुबै टाेलीका कप्तानले जितकाे दाबी गरेका छन् ।

दुई टिमबीच इपिएलमा तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। समूह चरणमा अपराजित विराटनगरले भैरहवालाई ३५ रनले हराएको थियो। भैरहवाले समूह चरणमा विराटनगर बाहेकका खेलमा जित हात पारेर पहिलो क्वालिफायरमा स्थान पक्का गरेको थियो।

पहिलो क्वालिफायरमा फेरि विराटनगर भैरहवामाथि हाबी भयो। भैरहवालाई ८ विकेटले सजिलै हराएर विराटनगरले फाइनलमा स्थान पक्का गरेको हो।

प्रकाशित : शनिबार, पुष १५, २०७४१०:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कसरी गठन हुन्छ राष्ट्रियसभा ?