यी हुन् माओवादीका प्रदेशसभा समानुपातिक सांसद: नेताका श्रीमती, छाेरी र बुहारी सम्म सूचीसहित

[sharethis-inline-buttons]
Leaderboard Banner

युव मगर
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेशसभाका ३५ समानुपातिक सांसदकाे नाम छनाेट गरेकाे छ । खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमा शुक्रबार दिउँसो बसेको पार्टी शीर्ष नेतृत्व र प्रदेश ईञ्चार्जहरुको बैठकले प्रदेशसभा सदस्यहरु अन्तिम टुङ्गाे लगाएकाे हाे । केन्द्रीय कार्यालय बैठकले समानुपातिकतर्फ ७ वटै प्रदेशका लागि ३५ जनालाई सांसद चयन गरेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् । उनका अनुसार समानुपातिक सांसदहरुको नाम आजै निर्वाचन आयोगमा बुझाउने तयारी छ ।

नेताका श्रीमती, छाेरी र बुहारी बने सांसद

माओवादीबाट प्रदेशसभा सदस्य हुनेमा नेताका पत्नी, छोरीदेखि  मन्त्रीका बुहारी सम्म रहेका छन् । पूर्वगृहमन्त्री जनार्दन शर्माकी भाइ बुहारी विमला केसी पनि सांसद बन्ने साैभागय पाएकी छिन् । उनी शर्माकी जेठोबुवाको छोराकी श्रीमती हुन् । त्यस्तै काठमाडाैँ क्षेत्र नम्बर ६ बाट चुनाब हारेका झक्कु सुबेदीकी छाेरी भावना सुवेदी पनि प्रदेश सांसद बनेकी छिन् ।

नेताका श्रीमती पनि सामानुपातिककाे सूचीमा परेका छन् । प्रदेश ६ को समानुपातिकमा परेकी पुष्पा घर्ती विष्ट पूर्वसासद नरबहादुर विष्टकी श्रीमती हुन् । कृष्णा शाह अाचार्य नेता रामदीप अाचार्यकी श्रीमती हुन् । यस्तै सीता अधिकारी नेता महेश्वर दाहालकी पत्नी हुन् । सीता नेपाली पूर्व सांसद हुन् ।

प्रदेश ३ कै प्रदेशसभा सदस्य बनेका दोलखाका आङदेण्डी लामा चुनाव अघि मात्र माओवादी प्रवेश गरेका थिए ।

नेकपा माअाेवादीबाट काे काे बने प्रदेश सभाका समानुपातिक सांसद  हेर्नुस् सूची:

प्रदेश-१
१. सीता थेवे
२. कुशुमकुमारी श्रेष्ठ
३. शाैभाग्य राई
४. सरस्वती पाेखरेल
५. उमिता बिश्वकर्मा

प्रदेश-२
१. जगतप्रसाद यादव
२ . महम्मद समीर
३. रुबीकुमारी कर्ण
४. प्रमिला कुमारी यादव
५. फुलियादेवी सदा

प्रदेश-३
१. दिनेश महर्जन
२. अाङ्देण्डी लामा
३. अाेम घलान
४. हिमाली गाेले
५. प्रतिमा श्रेष्ठ
६. सीता अधिकारी
७. भावना सुवेदी
८. कञ्चन खनाल

प्रदेश-४
१. गायत्री गुरुङ
२. मधु अधिकारी (गुरुङ)
३. दिलमाया राेकामगर (गाैतम)

प्रदेश-५
१. गीता थापा
२. दामाकुमारी शर्मा
३. पार्वती पुन (गहतराज)
४. लाैटी थारु
५. दीपा बिक
६. सुष्मा यादव

प्रदेश-६
१. पुष्पा घर्ती बिष्ट
२. सीताकुमारी नेपाली
३. बिमला केसी
४. कृष्णा शाह

प्रदेश-७
१. निर्मला बडाल (जाेशी)
२. कुन्ती जाेशी
३. बिनिता चाैधरी
४. शान्ति नेपाली

प्रकाशित : शुक्रबार, पुष १४, २०७४१७:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवादित अध्यादेश जारी भएपछि ओलीको आयो यस्तो कडा प्रतिक्रिया !