कांग्रेसको बैठक भइरहँदा किन पुगे बालुवाटार भारतीय राजदूत पुरी

[sharethis-inline-buttons]
Leaderboard Banner

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । चुनाबकाे हारकाे बिषयमा समीक्षा गर्न बसकाे सत्तारूढ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहँदा भारतीय राजदूत प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री देउवा र भारतीय राजदूत पुरीबीच भएको छलपल राजनीति विषय केन्द्रित रहेको थियो । नयाँ सरकार गठनको तयारी भइरहँदा कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा भेट्न पुगेका भारतीय राजदूत करिब ३० मिनेटमा बालुवाटारबाट बाहिरिएका थिए।

राष्ट्रिय सभा गठनको विषयका कारण देखिएको राजनीतिक गतिरोध र निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको समीक्षा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन बैठक जारी छ।

कांग्रेसको बैठक चलिरहँदा सभापति एवं प्रधानमन्त्री देउवासँग भारतीय राजदूतको भेटेर परामर्श गर्नुलार्इ अर्थपूर्ण रूपमा हेरिएकाे छ । केही दिन अघि मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी ले प्रमूख दलका शिर्ष नेतालार्इ फाेन गरेका थिए ।

प्रकाशित : शुक्रबार, पुष १४, २०७४१०:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आगलागी पीडितलाई एमालेद्वारा रु एक लाख