संसारकै सबैभन्दा जाडो हुने ठाउँ, जहाँ -56°C भन्दा कम हुन्छ तापमान!

एजेन्सी, संसारको सबैभन्दा चिसो ठाउँ सायद सबैलाई थाहा न होला । यस ठाउँको नाम ‘याकूत्स्क’ हो । यो ठाउँ रूसको सुदूर सहरमा पर्दछ । जाडोयामको समयमा अरु देशको तापमान २,३ र ४ डिग्रीको आसपास हुने गर्दछ भने यस ठाउँको तापमान माइनस ५० (-५०) डिग्री सेल्सियस भन्दा पनि कम हुने गर्दछ । रूसको आर्कटिक रेखाबाट केवल ४५० किलोमीटर दक्षिणमा स्थित यो शहर लेना नदीको किनारमा अवस्थित छ । यसै कारणले गर्दा यस शहरलाई ‘पोर्ट सिटी’ को नामबाट पनि चिनिने गरिन्छ ।

याकूत्स्कको जनसंख्या करिब २,५०,००० रहेको छ । यस शहरको स्थापना १६३२ मा भएको थियो तर १८८० र १८९० को दशकमा यहाँ पाईने सुन र खनिज पदार्थको भण्डारले यसलाई लोकप्रिय बनाएको छ । त्यस दिन देखि यहाँ बसाइ बस्ने क्रम तीव्र रुपले बढ्न थाल्यो । सूचना अनुसार शाखा गणतन्त्रको यो सहर तुर्क-मूलको याकूत व्यक्तिहरुको मातृभूमि हो । उनीहरु यहाँ १३ औ र १४ औ शताब्दीमा बयकाल झीलको किनाराबाट यहाँ आएर बसेका थिए ।

सन् १६३२ मा रूसी राज्यको विस्तार पश्चात बसाई यहाँसम्म फैलिएपछि प्योत्र बेकेतोवले यहाँ एक किल्लाको निर्माण गराए । त्यस पश्चात १८८०-१८९० कालमा यस क्षेत्रबाट सुन र खनिज निकालियो । त्यस समय देखि यहाँ बस्तीको तीव्र रुपमा विस्तार हुन थाल्यो । यहाँ जाडोयाम १८ नोवेम्बर देखि शुरु भएर १ मार्चसम्म रहने गर्दछ । यसै समय औसत तापमान माइनस २३ (-२३) डिग्री सेल्सियस रहने गर्दछ । १३ जनवरीमा सबैभन्दा धेरै जाडो हुने गर्दछ । यतिबेला अधिकतम तापमान माइनस ३६ (-३६) डिग्री सेल्सियस र न्यूनतम माइनस ४१ (-४१) डिग्री सेल्सियस रहने गर्दछ । कैयौ पटक यहाँको तापमान माइनस ५६ (-५६) डिग्री सेल्सियससम्म पुग्ने गरेको छ ।

प्रकाशित : शुक्रबार, पुष १४, २०७४१७:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भर्खरै जन्मेको बच्चा हिंडेको देखेर डाक्टर पनि भए आश्चर्यचकित, भिडियो भाईरल