एमाले र माअाेवादीबीचकाे पार्टी एकता बेलुका भात तरकारी पाएर खाएजस्ताे हाेइन : देबेन्द्र पाैडेल

[sharethis-inline-buttons]
Leaderboard Banner

काठमाडाैँ । राष्ट्रिय सभा सम्बन्धिकाे बिबाद टुङ्गाउन नेकपा माअाेवादी केन्द्रले प्रयास शुरू गरेकाे छ । माअाेवादी केन्द्रले लामाे समय देखि निर्वाचन प्रणाली सम्बन्धीकाे बिबादका कारण अल्झिएकाे राष्ट्रिय सभा गठनसम्बन्धीकाे बिबाद समाधान गर्न नेकपा एमाले र सत्ततारूढ कांग्रेससँग छलफल गर्ने भएकाे छ ।

अध्यक्ष प्रचण्डसँगकाे भेटपछि माअाेवादी केन्द्रका नेता देवेन्द्र पाैडेलले राष्ट्रिय सभा सम्बन्धिकाे बिबाद तत्काल सल्टाउन एमाले र कांग्रेसका नेताहरूसँग छलफल गर्ने तयारी भएकाे बताए । निर्वाचन अायाेगले समानुपातिक तर्फकाे अन्तिम निर्णय दिए लगत्तै नै बर्तमान समस्या समाधान हुने भएकाेले अायाेगकाे नतिजा अाउन्जेलसम्म कुर्ने कुराकानी भएकाे भेटपछि नेता पाैडेलले बिगुल न्यूजलार्इ जानकारी दिए ।

उनले एमाले र माअाेवादी पार्टीबीचकाे एकताकाे विषयलार्इ लिएर कुनै पनि शंका नगर्न अाग्रह समेत गरेका छ्न् । उनले भने ”दुर्इ ठूला पार्टि फरक राजनीतिक धारका पार्टीहरूलार्इ एकै ठाउँमा ल्याउने भन्ने कुरा थाहा थियाे बेलुका भात पकाए जस्ताे तरकारी पकाएर खाए जस्ताे याे विषय हाेइन । याे विषयले नेतृत्वकाे ब्यवस्थापनकाे कुरा, अाधारभूत बिचारकाे कुरा, र सरकार सहकार्य र कसरी लियर जाने लगायत कार्यनीतिका बिषयमा निर्णय लाग्न केही समय लाग्छ ।” तर ढिलाे चाँडाे जसरी पनि पार्टी एकता हुने उनले दाबी गरे ।

अध्यक्ष र प्रधानमन्त्री काे बन्ने भन्ने विषय मात्र प्रमूख कुरा नभएर त्यससँग सम्बन्धित अन्य धेरै कुराहरूमा पनि सहमति गर्न बाँकी रहेकाे नेता पाैडेलले बताए । एकीकरण हुँदा एक जनाले पार्टीकाे नेतृत्व र अर्काले सरकारकाे नेतृत्व गर्नेगरी सहमति जुट्ने उनले खुलासा समेत गरे । त्यसका लागि ठूहाे हैसियत हुनेले राेजेर लिनेर सानाेले छाेडेकाे लिने समेत स्पष्ट पारे ।  उनले भने पार्टी एकरणपछि कुनै पनि पार्टी बिलय नहुने दाबी गरे । उनले भने पार्टी एकीरणमा एमाले माअाेवादीमा बिलय हुने पनि हाेइन माअाेवादी एमालेमा बिलय हुने पनि हाेइन हामी दुबै पार्टीलार्इ मर्ज गरेर तेस्राे पार्टी एउटा कम्युनिष्ट पार्टी बन्ने बताए ।

नेता पाैडेलले नेपाली कांग्रेसले प्रचण्डलार्इ प्रधानमन्त्रीकाे प्रस्ताब गर्नु सहमति भाँड्ने खेल मात्रै भएकाे बताए । तर नेकपा माअाेवादी र एमालेबीचकाे पार्टी एकतालार्इ कुनै पनि शक्तिले राेक्न नसक्ने उने जिकीर गरे । बिगुल न्यूजका लागि माअाेवादी केन्द्रका नेता देवेन्द्र पाैडेलसँग सराेज दाहालले गरेकाे कुराकानीकाे पूरा भिडियाे

https://youtu.be/r7KZxGM3gX8

प्रकाशित : बिहिबार, पुष १३, २०७४१९:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेकपा (एमाले)द्वारा प्रतिनिधिसभाको समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न माग