जाडाे बिदा मनाउन पूर्वराजा ज्ञानेन्द्र सपरिवार लिएर सुदूरपश्चिम, कहाँ बस्छन् २ साता ?

[sharethis-inline-buttons]
Leaderboard Banner

काठमाडाैँ । पूर्व राजा ज्ञानेन्द्रसहित पूर्व राज परिवारका सम्पूर्ण सदस्य केही दिनका लागि नेपालगञ्जतर्फ प्रस्थान गरेका छन्। जाडो विदा मनाउने गरी उनीहरु मध्य पश्चिम तथा सुदुर पश्चिमका जिल्लाको भ्रमणमा निस्केकाे निर्मल निवास स्राेतले जनाएकाे छ ।

स्राेतका अनुसार पूर्व राजाको पश्चिम बसाईं झण्डै दुई हप्ताको लागि हुने बताइएको छ। त्यसका लागि उनीहरु आजै ३.४५ बजेको उडानबाट नेपालगञ्जतर्फ प्रस्थान गरेका छन् ।

झण्डै दुई हप्ताका लागि परिवारसहित मध्य तथा सुदुर पश्चिम भ्रमणका लागि गएका पूर्व राजा ज्ञानेन्द्र नेपालगञ्जस्थित आफ्नै होटलमा बस्ने बताइएकाे छ । हालैमात्र सञ्चालनमा आएको सोल्टी सिबक्रिम होटल एण्ड रिसोर्टमा  करिब २ हप्ता बिताउने उनी निकट स्राेतले जनाएकाे छ ।

केही समय अघिमात्र निर्माण सम्पन्न भएकाे ८१ कोठे यो चारतारे याे होटलमा पूर्व राजपरिवारको लगानी रहेको छ । पूर्व राजाका साथमा पत्नी कोमल, बुहारी हिमानी र छोरी प्रेरणा छन्। बालबच्चाहरु अर्काे हप्ता त्यसतर्फ जाने कार्यक्रम रहेकाे स्राेतले जनाएकाे छ ।

प्रकाशित : बिहिबार, पुष १३, २०७४१६:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घुस लिएको आरोपमा यातायात कार्यालयका कर्मचारी पक्राउ