खेती नबिग्रियोस भनेर ब्रह्मचारी

[sharethis-inline-buttons]
Leaderboard Banner

के गृहस्थी जविन र ब्रहमचारी जीवन बीच कुनै समानता छ ? यस प्रश्नको कुनै सजिलो उत्तर छैन। तर भारतको झारखंड स्थित एउटा यस्तो सहर छ जहाँ उनिहरुले गरेको खेती नबिग्रियोस भनेर किसानहरु श्रिमती बाट टाढा बस्छन । जो परम्परा देखि नै चलिआइरहेको छ ।

सदियौँ देखि यहाँका किसानहरु जीवन यापन गर्नका लागी (रेशम) किरा को खेती गर्दै आइरहेका छन । विभिन्न चराहरुले किराहरु खाइदिने हुनाले रेसम किराको खेती गर्नु एकदम जटिल काम मानिन्छ ।

यो खेती गर्न अर्थात रेसम किरा पुर्ण रुपमा विकसित हुन कम्तीमा २ महिना लाग्ने गर्दछ ,त्यो समयमा विवाहित किसानहरु पत्नीसित सुत्दैनन् । यहाँसम्म की उनिहरु श्रिमती ले पकाएको खाना खादैनन् र भेट्दैैनन पनि ।

उनिहरुका अनुसार खेतीको समयमा परीवार संग भेटेमा खेती बिग्रिने मान्यता राख्दै आएका छन । जुन सबै किसानहरुले पालन गर्नुपर्ने हुन्छ ।
यस समयमा उनिहरु खेतबारीमै बस्छन । नियमअनुसार अन्डा, मासु र माछा या कुनै घरेलु खानेकुरा हरु पनि खादैनन् । तर विस्तारै उनिहरुको यो परम्परा लोप हुदै गइरहेको छ ।आधुनिक प्रविधि भित्रिए संगै पछिल्लो पुस्ताहरुले यसमा चासो दिन छाडेको पाइन्छ ।

प्रकाशित : बिहिबार, पुष १३, २०७४१४:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मूल्य वृद्धिले उपभोक्ता ठूलो मारमा