मनोरञ्जन

यी अभिनेत्री जसलाई सामाजिक संजालमा मजाकको पात्र बनाइयो!

एजेन्सी, जायरा वसीम पश्चात दंगल गर्ल फातिमा सना शेख पनि सोशल मीडियामा निकै चर्चामा आएकी छिन् । फातिमा जायराको झैँ कुनै विवादमा परेर वा हाइलाइट नभईकन उनि आफ्नो आईब्रोको कारणले चर्चामा आएकी छिन् । वास्तवमा फातिमाले सोशल मीडियामा आफ्नो एक फोटो शेयर गरेकी थिइन् । जसमा फातिमाको दायाँ तर्फको आईब्रो हल्का काटिएको छ । जसलाई लिएर यूजर्सले उनको मजाक पनि बनाएका छन् । एक यूजरले त फातिमालाई यहाँसम्म भनेकि फातिमाले आईब्रो शेभ गरिन र  कसैले भने यो गजनी इफेक्ट हो ।

उनको यस तस्वीरमा तारीफ गर्नेहरुको पनि कमि भने रहेको थिएन । कैयौ यूजर्सले भने उनलाई भविष्य कि कटरीना कैफसम्म भनेका थिए । सूचना अनुसार उनको यो लुक्स आउन लागेको नयाँ चलचित्रको लागि हो । यो भन्दाअघि पनि फातिमा सोशल मीडियामा ट्रोल भईसकेकी छिन् । यो भन्दा पहिले उनको एक साडीमा भएको फोटो निकै ट्रोल भएको थियो जसको क्याप्सनमा फातिमाले ‘शेमलेस सेल्फी’ लेखेकी थिइन् । हाल भने फातिमा आफ्नो चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ को शूटिंगमा ब्यस्त देखिन्छिन । यस चलचित्रमा पनि फातिमा आमिरको साथ देखिने छिन्।  साथै कैटरीना कैफ र अमिताभ बच्चन पनि मुख्य  भूमिकामा देखिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *