मनोरञ्जन

अमिताभ बच्चनको अगाडी राजकुमार राव, आलियाले हराईन श्रीदेवी र कंगनालाई!

एजेन्सी, यो पटक पेटाको हटेस्ट शाकाहारी सेलीब्रिटी २०१७ को उपाधि जित्न त्यति सजिलो भने थिएन । उक्त कार्यक्रमको शाकाहारी सेलीब्रेटीको सूचीमा महानायक अमिताभ बच्चनको साथै शाहिद कपूर, सनी लियोनी, आर माधवन, विद्युत जामवाल, कंगना रनौत र श्रीदेवीको नाम समावेश गरिएको थियो । तर यस पालि भने आलिया र राजकुमार रावले उपाधि जितेका छन् । बलिउडमा आफ्नो उत्तम प्रदर्शनको लागि चिनिने दुवै कलाकार आलिया र राजकुमारलाई पेटा हटेस्ट शाकाहारी सेलीब्रिटी २०१७ को उपाधिबाट सम्मानित गरिएको छ ।

यस मौकामा पेटाको सहयोगी निर्देशक सचिन बंगेराले भने, ‘आलिया भट्ट र राजकुमार राव फिट एण्ड हट छन् । ‘ आफ्नो फ्यान्सको लागि उनीहरु राम्रो उदाहरण बन्दै गएका छन् । साथै राजकुमार राव र आलिया भट्टले उनीहरुलाई प्रेरित पनि गरेका छन् जो यस पर्यावरणमा परिवर्तनबाट आफूलाई प्रभावित हुन चाहन्छन् । साथै उपाधिको हकदार आलियाले भनिन,’ म शाकाहारी खाना मन पराउछु, स्वस्थ जिन्दगीको यहि सहि तरिका हो। ‘ उपाधिको विजेता यूटन स्‍टार राजकुमारले सोशल मी‍डियामा शेयर गर्दै लेखे,’ यो उपाधि मेरो लागि निकै अमुल्य छ । ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *