25 जुलाईबाट कर्कट राशिमा प्रवेश गर्दै बुध ग्रह,यी ५ राशिलाई हुँदैछ व्यापार तथा नोकरीमा फाइदै फाइदा!

ग्रहरुले आफ्नै नियम अनुसार राशि परिवर्तन गरिरहन्छन् । ज्योतिष शास्त्र अनुसार ग्रह परिवर्तनको पनि आफ्नै महत्वो हुने गरेको छ ।

बुध ग्रहलाई ज्ञान, बुद्धि, व्यापार र धनको कारक ग्रह मानिन्छ। यस पटक २५ जुलाई बाट बुध चन्द्रमाको राशिमा प्रवेश गर्दै छन् । चन्द्रमा कर्कट राशिको गुरु हुन् । बुध ग्रह कर्कट राशिमा ९ अगस्ट सम्म रहने छन् । यस राशिमा सुर्य ग्रह पहिले देखिनै बिराजमन छन्। कर्कट राशिमा बुध ग्रह र सुर्य देव साथ हुदा बिषेस संयोग बन्नेछ । यस पछी सुर्य देवको राशि सिंह राशिमा प्रवेश गर्ने छन्। बुध ग्रहको राशि परिवर्तनले यी ४ रशी भएक जातकको लागि निकै राम्र्प प्रभाव पर्नेछ ।

मेष राशि
बुध ग्रह कर्कट राशिमा प्रवेश गर्नाले मेष राशिको जातको लागि रोजगारीको अवसर मिल्नेछ । परिवारमा भएको समस्याको समाधान हुनेछ। रोकिएको धन प्राप्त हुनेछ । व्यापारमा नाफा बढ्ने छ । बिद्यार्थीहरु लाइ पनि शुभ समय रहेको छ । स्वास्थ्यमा सुधार हुनेछ।

वृष राशि
यस राशि परिवर्तनले वृष राशि भएको जातको लागि शुभ समय रहेको छ । व्यवसाहीहरुको लागि शुभ समय रहेको छ । सहयोगीको सहयोग मिल्नेछ । वाणीमा मधुरता आउनेछ । परिवारका सदस्य सँग रमाइलो यात्रा हुनेछ । आफूभन्दा ठुला व्यक्तिसँग भेट हुनेछ ।

मिथुन राशि

मिथुन राशि भएको जातको लागि यस ग्रह परिवर्तनले विवाहको योग बन्नेछ । आकस्मिक धन प्राप्त हुनसक्छ। यस समयमा आर्थिक समस्यको समाधान हुनेछ। व्यवसायमा लाभ हुनेछ । बसाई सराइको लागि समय राम्रो रहेको छ । बोलि तथा लेखनको माध्यम बाट धन प्राप्त गर्ने योग बनेको छ।

धनु राशि

यस् अवधीमा तपाईको मान सम्मान बढ्ने छ । वैदेशिक यात्राको योग बन्न सक्छ। यस अवधिमा तपाइको व्याक्तित्वोमा सुधार हुनेछ। बुबा सँगको सम्बन्ध सुमधुर हुनेछ। धार्मिक काममा तपाइको रुचि बढ्नेछ। आय बढ्ने संभावना छ।

मिन राशि
यस राशि परिवर्तनको कारण समय रमाइलो बित्नेछ। भाग्य वृद्धि हुनुको साथै आकस्मिक धन प्राप्ति हुनेछ। पैतृक सम्पतिबाट लाभ हुनेछ । परिवारमा शुख शान्ति छाउने छ ।

प्रकाशित : बिहिबार, साउन ०७, २०७८१५:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ३ राशिमाथि रहनेछ शुक्रदेवको विशेष कृपादृष्टि, मिल्नेछ जीवनका हरेक क्षेत्रमा सफलता